Search
Close this search box.

एसिया कपका लागि पाकिस्तान प्रस्थान गरे सन्दीप

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने एसिया कपका लागि सोमबार पाकिस्तान प्रस्थान गरेका छन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले बिदाइ गरेका थिए।

विगत एक वर्षदेखि बलात्कार आरोपमा मुद्दा खेपिरहेका सन्दीप फाइनल पेशीका कारण राष्ट्रिय टिमसँग पाकिस्तान जान पाएका थिएनन्।

उनलाई सोमबार पाकिस्तान उडाउने क्रममा राखेपका सदस्यसचिवसहित उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरे पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगका थिए।

सन्दीप आज ११:२० को कतार एयरवेजको फ्लाइटमार्फत् पाकिस्तान प्रस्थान गर्नेछन्। उनी दोहा हुँदै पाकिस्तान पुग्ने कार्यतालिका रहेको छ।

नेपालले एसिया कपको पहिलो खेलमा बुधबार आयोजक पाकिस्तानसँग मुल्तानमा प्रतिस्पर्धा गर्दैछ। त्यसपछि श्रीलंकामा भारतसँग खेल्ने कार्यतालिका रहेको छ।

सन्दीपमाथि अन्तिम सुनुवाइ हुनेगरी आइतबार तोकिएको पेशी हेर्न नभ्याइएका कारण भदौ २१ लाई सरेपछि पाकिस्तान जाने बाटाे खुलेकाे हाे।

उनी भदौ २१ अघिको पेशीअगावै काठमाडौं आइपुग्ने उनका वकिल सरोजकृष्ण घिमिरेले देश सञ्चारलाई जानकारी दिए।

एसिया कपका लागि नेपाली क्रिकेट टिमका अन्य सदस्यहरू भने पाकिस्तान पुगिसकेका छन्।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan