Search
Close this search box.

सिकाइ गुणस्तरका निम्ति जनप्रिय माविमा अभिभावक भेला

जनप्रिय मावि हेटौंडा १६ हटियाले बालबालिकाको सिकाइ गुणस्तरका निम्ति छुट्टाछुट्टै अभिभावक भेला सम्पन्न गरेको छ । हेटौंडा उपमहानगर १६ का अध्यक्ष एवम् सामाजिक विकास संयोजक रामकृष्ण कोईरालाको प्रमुख आतिथ्यता तथा विव्यस सदस्य कृष्ण प्रसाद पनेरुको विशेष आतिथ्यतामा भेला सम्पन्न भएको हो । कार्यक्रमलाई विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईले अध्यक्षता गरेका हुन् ।

विद्यालयमा सञ्चालित माध्यमहरु मध्ये आज भएको भेलामा नेपाली माध्यमतर्फका अभिभावकहरुको भेला गरिएको नेपाली माध्यम संयोजक नीरबहादुर खड्काले बताए । २ दिने कार्यक्रममा भोलि अंग्रेजी माध्यम तर्फ साविक प्रावि तह, निमावि र माध्यमिक तह तथा बालीविज्ञान तर्फको माध्यमिक तहको अभिभावक भेला हुने अंग्रेजी माध्यम संयोजक रविन श्रेष्ठले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रामकृष्ण कोईरालाले पढ्नकै लागि कसैमा समस्या भए व्यक्तिगत र वडा सरकारसँग निर्धक्क अनुरोध गर्न आग्रह गर्नुभयो । उनले आफ्नो ६ वर्षे कार्यकालमा यसरी अभिभावकहरुको उपस्थिति नदेखेको र अब सचेतना जागरण भएको प्रति खुशी समेत व्यक्त गरे । विशेष अतिथि कृष्ण प्रसाद पनेरुले विद्यालय समिति र अभिभावक तीन पक्ष मिलेर मात्रै विद्यालयको समग्र विकास गर्न सकिने बताए । आफू त्यसका लागि सँधै लागिपर्नेमा पनेरुले प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

पहिलो सत्रमा सञ्चारकर्मी एवम् प्राध्यापक शुरेस श्रेष्ठले सहजीकरण गरेको भेलालाई दोस्रो सत्रमा प्राध्यापक एवम् समाजसेवी अर्पण पराजुलीले सहजीकरण गरेका हुन् । कार्यक्रमलाई विद्यालयका सहायक प्रधानाध्यापक रामआशिष मण्डलले समेत संवोधन गर्नुभएको थियो । कार्यक्रममा करिव ३ सय जना अभिभावकको उपस्थिति थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan