Search
Close this search box.

नेपालसँग बहराइन १० विकेटले पराजित

महिला टी–२० विश्वकपको एसियाली छनोटमा नेपालले बहराइनलाई पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ।

पहिलो खेलमा मलेसियालाई पराजित गरेको नेपालले दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको हो ।

शुक्रबार भएको खेलमा पहिला ब्याटिङ गरेको बहराइनले १५.४ ओभरमा अलआउट हुँदै दिएको ३१ रनको लक्ष्य नेपालले विनाविकेटको क्षतिमा २.५ ओभरमा भेट्टाएको हो ।

नेपालले १३ अतिरिक्त रन पाएको थियो। कविता कुँवरले अविजित १७ र सिता रानामगरले २ रन बनाइन्।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan