भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ सोमबार बिहान बाँडफाँट हुने भएको छ। भोलि भदौ १८ गते सोमबार बिहान ९:३० बजे आफ्नै कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा आइपीओ बाँडफाँट गर्ने तयारी भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।
आइपीओमा मागभन्दा २१.४८ गुणा बढी आवेदन परेको छ। यसर्थ, गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ। यसमा १३ लाख ८८ हजार ११५ जनाले कुल १ करोड ५३ लाख ३ हजार ६५० कित्ताका लागि आवेदन दिएका छन्।
जसमा ७१ हजार २२२ जनाले मात्र सेयर हात पार्नेछन्। बाँकी १३ लाख १६ हजार ८९३ जनाको भने हात खाली हुनेछ। कम्पनीले भदौ ५ गतेदेखि ८ गतेसम्म फेस भ्याल्यू १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले सर्वसाधारणका लागि ७ लाख १२ हजार २२० कित्ता सेयर निष्कासन गरेको थियो।
हाल कम्पनीको जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँ रहेको छ। यसको १५५ ले हुने ८ लाख ५८ हजार ९७ कित्ता सेयरमध्ये १०५ अर्थात ८५ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री भइसकेको छ।
यस्तै, ५५ ९४२ हजार ९०५ कित्ता० सेयर म्युचुअल फन्डहरुलाई बाँडफाँट गरिएको छ भने २५ अर्थात १७ हजार १६२ कित्ता सेयर कर्मचारीलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याइएको थियो।


