Search
Close this search box.

हेटौंडाका भण्डारी र दार्चुलाका पालले ल्याए ‘अधिवक्ता परीक्षा दिग्दर्शन’

हेटौंडा– ३१ औं अधिवक्ता तहको परीक्षालाई लक्षित गरी ‘अधिवक्ता परीक्षा दिग्दर्शन’ प्रकाशनमा ल्याइएको छ । मुख्य न्यायाधिवक्ताको कार्यालय बागमती प्रदेशमा सहायक न्यायाधिवक्ता पदमा कार्यरत हेटौँडाका ठाकुर राम भण्डारी र नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला काठमाडौँमा कार्यरत दार्चुलाका योग बहादुर पाल द्धारा संयुक्त रुपमा लिखित पुस्तक केहीदिनदेखि बजारमा आएको हो ।

नेपाल कानून व्यवसायी परिषदद्धारा लिइने परीक्षाको तयारी गरिरहेका परीक्षार्थीहरुलाई लक्षित गरी सबै विषयवस्तु व्यवस्थित ढंगले उल्लेख गरी पुस्तक प्रकाशन गरिएको जनाइएको छ । पहिले ४०० पुर्णाङ्कको हुने अधिवक्ता तहको परीक्षामा हाल २०० पुर्णाङ्क वनाइएको छ । एक सय पुर्णाङ्कको प्रथम पत्रमा सबै प्रश्नहरु वहुवैकल्पिक र दोस्रोपत्र भने मस्यौदा लेखन र अनुवादसंग सम्बन्धित रहेको लेखक भण्डारीले जानकारी दिए । अधिवक्ता परीक्षा दिग्दर्शन पुस्तकमा तेस्रो तहका साथ पहिलो र दोस्रो तहका बहुवैकल्पिक प्रश्नहरु समेत समावेश गरी मस्यौदा लेखन गर्न प्रशस्त नमुनाहरु समावेश गरिएको जानकारी गराए ।

परीक्षामा सोधिने नमुना प्रश्नलाई ध्यानमा राख्दै शिर्षक अनुसारको वहुवैकल्पिक प्रश्नको अभ्यासहरुलाई जोड दिइएको उक्त पुस्तकमा पाँच सेट नमुना प्रश्न समेत समावेश गरिएको लेखक भण्डारीले बताए । विषयगत नजिरहरुलाई समेटिनुको साथै नजिरहरुलाई समेत वहुवैकल्पिक प्रश्नमा समावेश गरिएको छ । गुरु पब्लिकेशनद्धारा प्रकाशिन पुस्तकको माग देशैभरबाट आइरहेको प्रोपाइटर धनन्जय पौडेलले बताए । तयारी परीक्षाको प्रशिक्षकको रुपमा परिचित भण्डारीले नासु र शाखा अधिकृत तहको लोक सेवा आयोग परीक्षा सम्बन्धी अन्य तीन पुस्तक समेत प्रकाशनको क्रममा रहेको जानकारी दिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan