Search
Close this search box.

हेटौंडामा असोज १६ देखि दोस्रो नागस्वती भेट्रान्स राष्ट्रिय फुटबल प्रतियोगिता हुने

हेटौंडा – हेटौंडामा दुई लाख राशीको राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ ।  शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै आयोजक नागस्वती भेट्रान्स कल्बले असोज १६ गते देखी दोस्रो राष्ट्रिय रनिङ शिल्ड एट ए साइड फुटबल प्रतियोगिता गर्ने बताएको हो ।

नागस्वती भेट्रान्स  कल्बका अध्यक्ष सोम बहादुर तितुङ्ले प्रतियोगितामा देशभरका ४० वर्ष माथी उमेर समूहका खेलाडीहरुको सहभागिता रहने बताए  ।  प्रतियोगितामा विजेतालाई २ लाख १ हजार र उपविजेतालाई एक लाख १ हजार नगद सहित शिल्ड पुरस्कार रहेको क्लबका अध्यक्ष तितुङले बताए । उनले  प्रतियोगितामा देशभरका १८—२० वटा क्लबहरुको सहभागिता रहने बताए ।

प्रतियोगिताको लागि  १६ लाख  खर्च हुने अनुमान गरिएको छ । स्वास्थ्यका लागि खेल भन्ने नाराका साथ आयोजना गर्न लागेको प्रतियोगिताले पूर्व खेलाडीहरुको मनोवल उच्च राख्न सहयोग पुग्ने उनले बताए । तीन बर्ष अघि स्थापना भएको यस क्लबले पहिलो वर्ष आयोजना गरेको प्रतियोगितामा आफै उपाधी हासिल गर्न सफल भएको थियो । 

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan