Search
Close this search box.

पठनपाठन बन्द गरिएकोप्रति हेटौंडा उपमहानगरपालिकाको ध्यानाकर्षण

हेटौंडा– विभिन्न माग राखी शिक्षकहरु आन्दोलित बनेपछि हेटौडा उपमहानगरपालिकाको सामुदायिक विद्यालयहरुमा नियमित पठनपाठन बन्द भएको प्रति हेटौंडा उपमहानगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले नेपाल सरकारद्धारा सघीय संसदमा दर्ता गराएको विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक,२०८० प्रति असहमति जनाउँदै जारी भएको घोषित आन्दोलनको कारण पठनपाठनमा अवरोध भएको भन्दै ध्यानाकर्षण भएको बताएकी हुन् ।

शिक्षकहरुले आफ्नो हकहित र वृति विकास लगायतका सवालमा राखेको मागहरु प्रति सम्मान रहेको बताउँदै मेयर लामाले विद्यालयहरुको नियमित पठनपाठन तथा सिकाइका क्रियाकलापहरु समेत अवरुद्ध हुने गरी आन्दोलनको कार्यक्रमहरु अगाडि बढाइरहँदा विद्यार्थीहरुको शिक्षा हासिल गर्न पाउने मौलिक अधिकार हनन् हुन पुगेकोले विद्यालयहरुमा नियमित पठनपाठन गराउँदै शिक्षणका क्रियाकलाप सञ्चालन गर्न मेयर लामाले अनुरोध गरेकी छन् ।

शिक्षकका जायज माग पूरा गर्न मेयर लामाले विज्ञप्तिमार्फत संघीय सरकारलाई आग्रहसमेत गरेकी छन् । शिक्षकहरुको आन्दोलनका कारण सामुदायिक विद्यालयहरुमा दुइदिनदेखि पठनपाठन ठप्प भएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan