Search
Close this search box.

कृष्ण आदर्श स्काउट ट्रुपमा अन्तर प्याट्रोल कुकिङ कम्पिटिशन

हेटौंडा– हेटौंडा–९ स्थित कृष्ण आदर्श इङ्लिस बोर्डिङ स्कुलमा रहेको स्काउट ट्रुपमा मंगलबार अन्तर प्याट्रोल कुकुङ कम्पटिशन भएको छ । स्काउट विद्यार्थीको सीप र क्षमता विकासका लागि स्काउटले खानाका परिकार बनाउने अन्तर समूह प्रतिष्पर्धा गराएको हो ।

प्रति समूहमा ८ जनाका दरले ५ वटा समूहलाई नेपाली खाना बनाउने प्रतिष्पर्धामा उतारिएको थियो । २ घण्टाको समयसीमाभित्र सबैभन्दा स्वादिलो, साजसज्जायुक्त र सफा किचनमा व्यवस्थित तरिकाले खाना पकाउने ३ वटा समूहलाई उत्कृष्ट घोषित गरिएको थियो । स्काउट विद्यार्थीले तोकिएको समयमा भात, तरकारी, दाल, साग, अचार, मासुलगायतका परिकार तयार गरेका थिए । प्रतिष्पर्धामा चिता, पिकक र हर्स प्याट्रोल उत्कृष्ट घोषित भएका थिए ।

प्रतियाेगितामा विजयीलाई मेडल र सहभागी सबैलाई कुकिङ मेरिट वायज र प्रमाणपत्र प्रदान गरिएकाे स्काउटका राष्ट्रिय सहायक प्रशिक्षक अशोक सारुमगरले जानकारी दिए । विद्यार्थीहरुको क्षमता र सीप विकासमा स्काउटले गरेको प्रतिस्पर्धा प्रसंशनीय रहेको कृष्ण आदर्श बोर्डिङ स्कुलका सञ्चालक नविन केसीले बताए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan