Search
Close this search box.

राष्ट्र बैंकले १३ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्दै

काठमाडौं – नेपाल राष्ट्र बैंकले १३ अर्ब १० करोड रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले आगामी असोज १५ गते उक्त रकम बराबरको विकास ऋणपत्र बिक्री गर्न लागेको हो ।

८ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ ‘ग’ बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको हो । विकास ऋणपत्र खरिदका लागि सार्वजनिक आह्वान गरेको बैंकले असोज १४ गते ऋणपत्रको बोलकबोल हुने जनाएको छ ।

इच्छुक खरिदकर्ता बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकलाई आइतबार दिउँसो ३ बजेभित्र आवेदन दिन बैंकले सूचना गरेको छ ।

ऋणपत्रको ब्याज भने प्रत्येक ६/६ महिनामा भुक्तानी गरिने बैंकले जनाएको छ र कूल निष्कासित रकममध्ये ८५ प्रतिशत अर्थात् ११ अर्ब १३ करोड ५० लाख रुपैयाँ प्रतिस्पर्धात्मक प्रणालीबाट र बाँकी १५ प्रतिशत अर्थात् १ अर्ब ९६ करोड ५० लाख रुपैयाँ विना प्रतिस्पर्धा बिक्री गरिने बैंकले जनाएको छ ।

खरिदकर्ताले घटीमा ५० हजार रुपैयाँदेखि बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कसम्मका लागि आवेदन दिन सक्नेछन् ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

राष्ट्र बैंकले १३ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्दै

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

राष्ट्र बैंकले १३ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्दै

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

राष्ट्र बैंकले १३ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्दै

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

राष्ट्र बैंकले १३ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्दै

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

राष्ट्र बैंकले १३ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्दै

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

राष्ट्र बैंकले १३ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्दै

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

राष्ट्र बैंकले १३ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्दै

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

राष्ट्र बैंकले १३ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्दै

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan