Search
Close this search box.

नवोदयमा ‘बुक टक’

हेटौंडा– हेटौंडा–४ मा रहेको नवोदय शिशु सदनले कक्षा २ का विद्यार्थीहरुको ‘बुक टक’ तथा ब्याच वितरण कार्यक्रमको आयोजना गरेको छ । सोमबार आयोजित कार्यक्रममा करिब एक दर्जन विद्यार्थीले आफूले अध्ययन गरेको किताबको बारेमा आफ्ना साथीहरु र अभिभावकमाझ प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा नृत्य प्रदर्शनीसमेत गरिएको थियो ।

कक्षा २ की छात्रा अनुष्मा रिमालको अध्यक्षताको भएको कार्यक्रममा साहित्यकार तथा पत्रकार केशव समर्पणको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा साहित्यकार हरिप्रसाद पौड्यालको विशिष्ट आतिथ्यता रहेको थियो । विद्यार्थीहरुको पठन संस्कृतिको विकासका साथै उनीहरुले अध्ययन गरेको विषयलाई सिर्जनात्मक ढंगले प्रस्तुती गर्ने क्षमताको विकास गराउन कार्यक्रमको आयोजना गरिएको विद्यालयका शिक्षक सिएम रिमालले बताए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan