जनप्रिय माध्यमिक विद्यालय हेटौंडामा शुक्रबार विद्यालय व्यवस्थापन समिति एवम् पिटिए सहितको शिक्षक अन्तर्क्रिया सम्पन्न भएको छ । व्यवस्थापन समितिका अध्यक्ष रमेशप्रसाद खतिवडाको अध्यक्षता तथा १६ नं वडा अध्यक्ष रामकृष्ण कोईराला सहितको टोलीले शिक्षक कर्मचारीसंग अन्तर्क्रिया गरेको हो ।
कार्यक्रममा शैक्षिक सत्र २०८० को प्रथम त्रैमासिक परीक्षाको नतिजा विश्लेषण सहित गुणस्तर सुधारका पक्षमा छलफल भएको थियो । शिक्षकका समस्या तथा गुणस्तरका लागि आवश्यक स्रोत सामग्रीबारे वडा अध्यक्ष सहितको टोलीले सुनुवाई गरेरेको हो ।
शिक्षक अभिभावक संघका अध्यक्ष गुणराज राना, विव्यस सदस्य कृष्णप्रसाद पनेरु लगायतले विद्यालयलाई नमुना बनाउँन आफूहरु निरन्तर लागिरहेको धारणा व्यक्त गरे । प्रधानाध्यापक भुपेन्द्र चौलागाईले सञ्चालन गरेको कार्यक्रममा सहायक प्रअ रामआशिष मण्डल, माध्यमगत संयोजक शिक्षकहरु नीरबहादुर खड्का, रविन श्रेष्ठ, सुजन कँडेलले आफ्नो धारणा राखेका थिए ।


