Search
Close this search box.

जेसीज कप फुटबलको तयारी पूरा


मकवानपुर – चैनपुर जेसीज (प्रस्तावित) को आयोजनामा हुन लागेको जेसीज कप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । चाडपर्वको अवसरमा जेसीजले खुला फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

१६ टिम सहभागी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । आयोजकले खेल तालिका समेत सार्वजनिक गरेको छ । पहिलो दिन नै दुई खेल हुनेछ । पहिलो खेल सिमपानी युवा क्लव र मनहरी ४ नम्बर वडा फुटबल टिमको हुनेछ भने दोस्रो खेलमा खरंगा एफसी र हाँडीखोला यूथ क्लव खेल्नेछ । युवाहरुको बीचमा भातृत्वको सम्बन्ध स्थापना, चाडपर्वको शुभकामना आदानप्रदान एवम् खेलकुदको विकासका निम्ति प्रतियोगिता गर्न लागिएको चैनपुर जेसीजका अध्यक्ष गणेशदर्पण अधिकारीले जानकारी दिए ।

‘प्रतियोगितामा मकवानपुरका १६ वटा क्लवको सहभागिता रहेको छ । प्रत्येक दिन दुई÷दुईवटा खेल हुनेछ । प्रतियोगिताको तयारी करिब पूरा भएको छ’, जेसीजका अध्यक्ष अधिकारीले भने, ‘प्रस्तावित शाखा हौं । प्रतियोगितालाई सभ्य र भव्य बनाउन आवश्यक तयारी गरेका छौं ।’ जेसीजले स्थापनादेखि नै युवा लक्षित विभिन्न कार्यक्रम गर्ने जमर्को गर्दै आएको छ । राक्सिराङमा सञ्चालन गर्ने योजना रहेको फुटबल प्रतियोगिता वर्षाका कारण हाँडीखोलामै गर्न लागेको आयोजकले बताएको छ

। मनहरी गाउँपालिका–३, हाँडीखोलास्थित लामिटारको खेलमैदानमा हुने प्रतियोगिताको विजेताले ५० हजार ५५५ रुपैयाँ र उपविजेताले २५ हजार ५२५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक चैनपुर जेसीजका कार्यकारिणी उपाध्यक्ष प्रमोद अधिकारीले जानकारी दिए । विधागत उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताका लागि करिब साढे ३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजक जेसीजका महासचिव रविन ढकालले जानकारी दिए ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

जेसीज कप फुटबलको तयारी पूरा

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

जेसीज कप फुटबलको तयारी पूरा

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

जेसीज कप फुटबलको तयारी पूरा

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

जेसीज कप फुटबलको तयारी पूरा

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

जेसीज कप फुटबलको तयारी पूरा

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

जेसीज कप फुटबलको तयारी पूरा

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

जेसीज कप फुटबलको तयारी पूरा

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

जेसीज कप फुटबलको तयारी पूरा

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan