Search
Close this search box.

जेसीज कप फुटबल ; सिमपानी र हाँडीखोलाको जित सुरुवात

मकवानपुर – चैनपुर जेसीज (प्रस्तावित) को आयोजनामा मंगलबारबाट मनहरी गाउँपालिकामा सुरु भएको जेसीज कप फुटबल प्रतियोगितामा सिमपानी एफसी र हाँडीखोला यूथ क्लवले विजय यात्रा सुरु गरेको छ ।

उद्घाटन खेलमा सिमपानीले मनहरी ४ फुटबल टिमलाई २–० ले हरायो । सिमपानीका लागि दुवै गोल राहुल थापा मगरले गरे । उनी नै खेलको म्यान अफ द म्याच ए । दोस्रो खेलमा हाँडीखोलाले खरंगा एफसीलाई १–० ले हरायो । पहिलो हाफको अतिरिक्त समयमा विशाल प्रजाले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच अभिषेक राई भए ।

कात्तिक १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा मकवानपुरका १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५० हजार ५५५ रुपैयाँ र उपविजेताले २५ हजार ५२५ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि नगदसहित ट्रफीको व्यवस्था रहेको छ ।
प्रतियोगिताको उद्घाटन मनहरी गाउँपालिकाका कार्यबाहक अध्यक्ष शिवप्रसाद खनालले गरेका हुन् । उनले मकवानपुरको पश्चिमी क्षेत्रमा कृयाशील जेसीजसँग सहकार्यका लागि मनहरी गाउँपालिका तयार रहेको बताए । चैनपुर जेसीजका अध्यक्ष गणेशदर्पण अधिकारीको अध्यक्षता एवम् कार्यक्रम संयोजक प्रमोद

अधिकारीको संयोजकत्वमा भएको उद्घाटन समारोहमा मनहरी गाउँपालिका ५ नम्बर वडा अध्यक्ष दीपेन्द्र अधिकारी, नेकपा एमाले मनहरी गाउँ कमिटी अध्यक्ष नविन सुवेदी, जेसीआई हेटौंडाका अध्यक्ष श्रवणकुमार बर्तौला, चैनपुर जेसीजका श्रीकृष्ण ढकाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । जारी प्रतियोगितामा बुधबार बागमती प्रदेश प्रहरी गण हेटौंडा र रियल स्टार युवा क्लवको बीचमा खेल हुनेछ । चैनपुर जेसीजले मकवानपुरको पश्चिमी क्षेत्रका युवाहरुलाई समेट्दै युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक कार्यलाई निरन्तरता दिँदै जाने अध्यक्ष अधिकारीले प्रतिबद्धता जनाए ।

कार्यक्रममा मनहरी ७ नम्बर वडा अध्यक्ष ठाकुरराम तितुङ, ३ नम्बरका कार्यबाहक अध्यक्ष हिराबहादुर प्रजा, ४ नम्बर वडा अध्यक्ष प्रकाश थापा, कांग्रेस जिल्ला सदस्य नुरज पौडेल, मनहरी सभापति प्रकाश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय सभापति सञ्जिव पाठक, कांग्रेस मनहरी ८ नम्बर वडा सभापति भीमसेन लामा, बसामाडी जेसीजका अध्यक्ष जनक भण्डारी, हेटौंडा लेडीका अध्यक्ष दिलु घर्ती, मकवानपुरगढी प्रस्तावितका अध्यक्ष पुष्पराज पुडासैनी लगायतको आतिथ्यता थियो ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

जेसीज कप फुटबल ; सिमपानी र हाँडीखोलाको जित सुरुवात

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

जेसीज कप फुटबल ; सिमपानी र हाँडीखोलाको जित सुरुवात

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

जेसीज कप फुटबल ; सिमपानी र हाँडीखोलाको जित सुरुवात

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

जेसीज कप फुटबल ; सिमपानी र हाँडीखोलाको जित सुरुवात

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

जेसीज कप फुटबल ; सिमपानी र हाँडीखोलाको जित सुरुवात

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

जेसीज कप फुटबल ; सिमपानी र हाँडीखोलाको जित सुरुवात

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

जेसीज कप फुटबल ; सिमपानी र हाँडीखोलाको जित सुरुवात

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

जेसीज कप फुटबल ; सिमपानी र हाँडीखोलाको जित सुरुवात

सडक आश्रित मानव उद्धारका लागि बागमतीको नयाँ कार्यविधि स्वीकृत

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan