Search
Close this search box.

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको घरदैलो

हेटौंडा– न्यून आयस्तर भएकादेखि सामुहिक र ठूला लगानीका तथा उच्च मूल्याङ्कनका लगानीमा समेत वीमा सेवा सुविधा दिने उद्देश्यले स्थापित क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स प्रा. लि. को हेटौंडा शाखाले घरदैलो कार्यक्रम आयोजना गरेको छ । केही समयअघि मात्रै स्थापित हेटौंडा शाखाले शुक्रबार हेटौंडा बजारका विविध स्थानमा आफ्ना सेवाहरुकोबारे जानकारी गराउँदै घरदैलो कार्यक्रम गरेको हो ।

कम्पनीका प्रतिनिधिहरुले शुक्रबार ७० वटा घर तथा पसलमा पुगी आफ्ना सेवाहरुको बारेमा जानकारी दिइएको क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स हेटौंडा शाखा प्रबन्धक शर्मिला बलामीले जानकारी दिइन् । संस्थामार्फत् लघु एवम् जीवन बीमा दुवै गर्न सकिने तथा अन्य बीमा कार्यालयमा आबद्ध रहेर पनि यस संस्थामार्फत् अभिकर्ताका रूपमा कार्य गर्न सकिने बताइएको छ ।

एक वर्षे, दुई वर्षे वा पाँच वर्षे अवधिको ‘फिक्स्ट टर्म’ सुविधा न्यून आय भएकाहरूको लागि लक्षित गरी कम्पनीले सुविधा ल्याएको जनाएको छ । प्ले/ एप स्टोरको एप्लिकेसनमार्फत् सेवालाई सहज रूपमा विस्तार गरिरहेको क्रेस्टले नेपालबाट सुलभ र भरपर्दो लघु–बीमा समाधानहरूको साथ वित्तीय भविष्यको रक्षाको उद्देश्य लिएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan