Search
Close this search box.

शुभलाभ प्राविका ५१ विद्यार्थीलाई पोसाक वितरण

हेटौंडा– मकवानपुरगढी गाउँपालिका–१ मा रहेको शुभलाभ प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको छ । विद्यालयमा इसिडीदेखि कक्षा ३ सम्म अध्ययनरत सबै ५१ जना विद्यार्थीलाई हाउस ड्रेसका रुपमा लगाउने गरी टिसर्ट र कम्ब्याट वितरण गरिएको हो ।

मकवानपुरगढी गाउँपालिका–१ का वडाध्यक्ष आइतसिं लोको सक्रियतामा विद्यार्थीका लागि पोसाक सहयोग संकलन गरिएको थियो । कोरियाबाट सन्दिप मिश्रबाट २० थान, बागमती गाउँपालिका ६ का राम डिम्डुङबाट १० थान, सारथी बोर्डिङका प्रिन्सिपल बाल कुमार तिमल्सिनबाट १० थान र हेटौंडा १३ की सनिता बजगाईंबाट ११ थान पोसाक सहयोग प्राप्त भएको थियो ।
पोसाक वितरणका साथ शुक्रबार विद्यालयमा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमसमेत आयोजना गरिएको थियो ।

शुभलाभ प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर घलानको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरगढी गाउँपालिका १ का वडाध्यक्ष आइतसिं लोको प्रमुख आतिथ्यता रहेको थियो । विद्यालयका शिक्षक उद्धव गौतमले सहजीकरण गरेको कार्यक्रममा विद्यालयकी प्रधानध्यापक जानुका कार्कीले मन्तव्य व्यक्त गरेकी थिइन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan