Search
Close this search box.

जेसीज कप फुटबल: सुनाचुरी र रजैया सेमिफाइनलमा

हैटाैंडा- चैनपुर जेसीज प्रस्तावितको आयोजनामा सञ्चालन भइरहेको जेसीज कप खुला फुटबल प्रतियोगितामा सयपत्री युवा क्लव सुनाचुरी र केदारेश्वर युवा क्लव सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको पहिलो खेलमा सयपत्रीले हाँडीखोला एफसीलाई ३-१ गोल अन्तरले हराएको हो । सयपत्रीबाट संघर्ष मगरले २ र सुरेश मोक्तानले एक गोल गरेका थिए । हाँडीखोलाबाट महेश लामाले एक गोल फर्काए पनि टिमलाई हारबाट जोगाउन सकेनन् । खेलमा सुनाचुरीका रबिन मोक्तान म्यान अफ द म्याच भए । यस्तै दोस्रो खेलमा आयोजक जेसीआई चैनपुरलाई १-० गोलले हराउँदै रजैयाले सेमिफाइनल भिडन्त पक्का गरेको हो । खेलमा दीपक कार्कीले गरेको गोल नै निर्णायक बन्यो । उनले दोस्रो हाफमा गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलको म्यान अफ द म्याच रजैयाका उत्तम मोक्तान घोषित भए । प्रतियोगितामा सोमबार सेमिफाइनल चरणको खेल हुनेछ । पहिलो सेमिफाइनल सिमपानी एफसी र केदारेश्वर युवा क्लव रजैयाको बीचमा हुनेछ भने दोस्रो सेमिफाइनलमा बागमती प्रदेश प्रहरी गण र सयपत्री एफसी भिड्नेछन् ।

यहि कात्तिक १ गतेसम्म सन्चालन हुने प्रतियोगिताको विजेताले ५० हजार ५५५ र उपविजेताले २५ हजार ५२५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीलाई समेत नगदसहित पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा मकवानपुरका १६ टिमको सहभागिता रहेको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan