पाँच सय परिवारलाई कोरली गाई वितरण गरिने

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हेफर इन्टरनेसनल नेपालमार्फत सिन्धुलीका पाँच वर्षमा पाँच  सय  घरधुरी  किसानलाई  कोरली  गाई  दिने  भएको छ । त्यसका लागि हेफर नेपालले सिन्धुलीमा परियोजना नै सञ्चालन गरेको छ ।

कोरिया सरकारले गत पुसमा ८० वटा बाछी र २१ वटा बाछा दिएको थियो । कृषि मन्त्रालयले बाछालाई  चितवन,  लहान,  पोखरालगायत  बिर्य  उत्पादन  केन्द्रमा  पठाइदिएको  छ  भने  ८०  वटा  गाई  किसानलाई  वितरण  गर्न  सिन्धुली  पठाएको  थियो  ।

त्यहाँका  ५१  जना  किसानलाई  सो  बाछी  वितरण गरिएको थियो । सो ८० वटा बाछीलाई विस्तार गरी सिन्धुलीको पाँच सय घरधुरी किसानलाई पु¥याउने लक्ष्य राखिएको हेफर इन्टरनेसनल नेपालले सञ्चालन गरेको मिल्की वे  परियोजनाका  निर्देशक  नारायणप्रसाद  शर्माले  बताए ।

कोरिया सरकारले उपलब्ध गराएको बाछी सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर ४ र ५ का ५१ किसान परिवारलाई वितरण गरिसकेको छ । अहिले ती बाछी ठुला ठुला भइसकेका छन् । हेफर नेपाल र कमलामाई नगरपालिकाले १०९ जना किसानलाई राखेर विभिन्न समूह बनाएका छन् । पहिलो लटमा १०९ जनामध्ये ५१ जनाले सो बाछी (गाई) पाएका छन् ।

८० वटा गाईमध्ये छ वटा लम्पी स्किनको रोगबाट मरेका छन् । बाँकी रहेको ७४ वटा गाईमध्ये ६९ गाईलाई गर्भधारण गराएका छन् । त्यसमध्ये ३७ वटा गाई गर्भवत्ती छन् । अरू बाँकीको गर्भ सुनिश्चित भएको छैन सायद एक दुई महिनाभित्र ६९ वटै गाईको गर्भ सुनिश्चित हुने हेफर नेपालले जनाएको  छ  ।    सिन्धुली  आउनुभएका  हेफर  कोरियाका निर्देशक हे वन लीका अनुसार यी गाई उपहार स्वरूप नै आएका हुन् ।

कोरियाका किसान, विद्यार्थी  अन्य  व्यक्तिहरूले  नेपाललाई  कारिया  सरकारमार्फत नेपाललाई प्रदान गरेको हो । कोरिया  सरकारले  उपहार  स्वरूप  दिएको  कारणले पनि यहाँका किसानले पनि कम से एउटा बाछी अर्को किसानलाई दिनुपर्ने प्रावधान रहेको हेफर कोरियाका निर्देशक लीले बताए ।

गाई  प्राप्त  गरेका  किसानले  आनुवंशिक स्रोतबाट पहिलो बाछीसँगै प्राप्त गरेको सिप र ज्ञानलाई अर्को किसानलाई हस्तान्तरण (हेफरको पासिङ अन द गिफ्ट बिजनेस मोडेल) गर्नैपर्ने प्रावधान रहेको उनले बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...