शिक्षक संगठन बागमती प्रदेशको अधिवेशन हेटौंडामा हुने

हेटाैंडा- नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेशको अधिवेशन आउँदो मंसिर २२ र २३ गते हेटौंडाम हुने भएको छ । काठमाडाैंकाे दरबार स्कुलमा कार्तिक १४ गते बसेको प्रदेश समितिको विस्तारित बैठकले यस्तो निर्णय गरेको हो ।

समितिका अध्यक्ष नीरबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न बैठकले महत्वपूर्ण सांगठनिक निर्णयहरु समेत गरेको सचिव राजेन्द्र श्रेष्ठले बताए । प्रदेश अन्तर्गत रहेका १३ जिल्लामध्ये यो महत्वपूर्ण अधिवेशन कुन जिल्लामा गर्ने भन्ने विषयले खास महत्व पाएपनि प्रदेशको समेत राजधानी हेटौंडा भएकोले मकवानपुर जिल्लाले यो जिम्मवारी पाएको संगठन प्रदेश सदस्य एवम् मकवापुर अध्यक्ष श्रीराम दाहालले बताए ।

विस्तारित बैठकले अधिवेशनका लागि विषयगत जिम्वेवारी समेत बाँडफाँड गरेको छ । जसअन्तर्गत प्रदेश उपाध्यक्षको संयोजकत्वमा अतिथि सत्कार उपसमिति गठन भएको छ भने खाना, आवास तथा मञ्च व्यवस्थापन उपसमितिमा संयोजक जिल्लाका अध्यक्ष श्रीराम दाहाल सहितका सदस्यहरु रहेका छन् । त्यसैगरी प्रदेश सचिवको संयोजकत्वमा गठित प्रचारप्रसार उपसमितिमा सदस्य सुनिल गौतम सहित प्रदेशका १३ वटै जिल्ला अध्यक्षहरु रहेका छन् भने आर्थिक व्यवस्थापन उपसमितिमा कोषाध्यक्षको संयोजकत्वमा १३ वटै जिल्लाका अध्यक्षहरु सदस्य तोकिएका छन् । प्रदेश सहसचिवको संयोजकत्वमा गठित टिपोट समितिमा प्रदेश सदस्य सुनिल गौतम र रसुवा जिल्ला अध्यक्ष सदस्य रहनेगरी जिम्मेवारी प्रदान गरिएको छ । अधिवेशन सचिवालय व्यवस्थापनतर्फ प्रदेश समिति सचिवालय सदस्य मोहन शर्माको संयोजकत्वमा सदस्य सुनिल गौतम, तथा मकवानपुरका बालकृष्ण दाहाल, मधु आचार्य र कृष्णप्रसाद पोखरेललाई सदस्य तोकिएको छ ।

निर्वाचन अधिवेशन समेत भएकाले बैठकले बार मकवानपुरका पूर्व अध्यक्ष मदन दाहालको संयोजकत्वमा संगठन राष्ट्रिय समिति निवर्तमान सदस्य पद्मा पौडेल र राष्ट्रिय परिषद् सदस्य रमेशप्रसाद लामिछानेलाई निर्वाचन मण्डलको जिम्वेवारी प्रदान गरेको छ । निर्णय बमोजिम प्रदेशअन्तर्गत रहेका प्रत्येक जिल्लाले मंसिर १५ सम्म प्रतिनिधिहरुको नामावली नयाँ संशोधित विधान बमोजिम प्रदेश समितिलाई उपलब्ध गराउनुपर्नेछ ।

विद्यालय शिक्षा विधेयकका सन्दर्भमा पछिल्लो समय भएको काठमाडाैं केन्द्रित शिक्षक आन्दोलनका सम्वन्धमा पनि विस्तारित बैठले गम्भीर छलफल गरेको छ । आन्दोलबाट प्राप्त हुनुपर्ने उपलब्धीलाई नेतृत्वले गरेको नजरअन्दाजप्रति गम्भीर भएर अन्तरसंगठन छलफल हुनुपर्ने माग राख्दै बैठकले सचेत समेत गराएको छ । यसअघि संगठनका ६० जिल्ला अध्यक्षले असन्तुष्टी व्यक्त गर्दै राष्ट्रिय समितिलाई हस्ताक्षर सहित राष्ट्रिय भेला बोलाउन माग गर्दै ध्यानाकर्षण पत्र समेत बुझाएको प्रदेस सदस्य एवम् मकवानपुर अध्यक्ष श्रीराम दाहालले बताए । बैठकले समेत उक्त राष्ट्रिय भेला तत्काल बोलाउन माग गर्ने निर्णय गरेको दाहालले बताए ।

बैठकले बारा जिल्ला कलैयाको बाल एकता बोर्डिङ्ग इङ्लिस स्कुलका प्रिन्सिपल रुपेश सर्राफको हतियारधारी अज्ञात समूहले गोली हानी गरिएको हत्याप्रति घोर भर्त्सना गर्दै दोषीमाथि हदै सम्मको कार्वाहीको माग गर्दै विज्ञप्ति समेत जारी गरेको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...