Search
Close this search box.

यु-२१ हेटाैंडा च्यालेन्ज कप फुटबल मंसिर ५ देखि

हेटौंडा – हेटौंडामा पहिलो यू- २१ हेटौंडा च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने भएको छ। ‘राष्ट्रिय खेलाडी बन्ने होड, उत्पादनमा जोड’ भन्ने नाराका साथ एफ. सि मुण्डियाल हेटौंडाको आयोजनामा स्व. सुदर्शन घिमिरे स्मृतिमा प्रतियोगिता हुन लागेको मंगलबार पत्रकार सम्मेलन मार्फत आयोजक टिमले जानकारी दिएको हो।

मंसिर ५ गतेदेखि १३ गते सम्म हुने प्रतियोगितामा जिल्ला बाहिरका ३ टिम र जिल्लाका ११ गरी १४ वटा टिमले प्रतिस्पर्धा गर्ने भएको छ।

प्रतियोगिताको विजेताले एकलाख ११ हजार ११ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडी र विधागत उत्कृष्ट खेलाडीलाई नगदसहित पुरस्कारको व्यवस्था रहेको प्रतियोगिताको संयोजक सुदिपसिंह ठकुरीले बताए।

प्रतियोगितामा हिली फिल्डर्स गोरखा एफसी, नव जन जागृति यूवा क्लब सिमरा बारा, वीरगञ्ज स्पोटर्स एकेडेमी पर्सा, न्यू डाँफे युथ क्लब हेटौंडा, एफसी रिगल हेटौंडा रिसोर्ट, पदमपोखरी फुटबल एकेडेमी, निल गगन युवा क्लब हेटौंडा, सहिद स्मृति क्लब बागमती गाउँपालिका, हेटौंडा फुटबल एकेडेमी, थाहा नगरपालिका, रियल स्टार क्लब हेटौंडा, कमाने फुटबल एकेडेमी हेटौंडा, नागस्वती यूथ क्लब हेटौंडा र एफसी मुण्डियाल हेटौंडाले सहभागिता जनाउने कार्यक्रम संयोजक ठकुरीले बताए ।

 प्रतियोगिताबाट बचेको रकमले जाजरकोट तथा रुकुमका भुकम्प पीडितलाइ सहयोग गर्ने आयोजक टिमले जानकारी दिएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan