Search
Close this search box.

विश्वकप क्रिकेटमा आज इंग्ल्याण्ड र नेदरल्याण्डस् खेल्दै

काठमाण्डौ – आईसीसी एकदिवसीय क्रिकेटमा आज इंग्ल्याण्ड र नेदरल्याण्डस् खेल्दैछन् । खेल दिउँसो सवा २ बजे शुरु हुने छ । दुवै टोली जारी विश्वकपको सेमिफाइनल यात्राबाट बाहिरिसकेका छन् । सात खेलमा दुई खेल जितेर चार अङ्क जोडेको नेदरल्याण्ड्स तालिकाको नवौँ र समान सात खेलमा एक खेल जितेर २ अङ्क जोडेको इंग्ल्याण्ड तालिकाको पुछारमा रहेको छ ।

यसैबीच भारतमा चलिरहेको विश्वकप क्रिकेट २०२३ को दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्ने पक्का भएको छ । अङ्क तालिकामा दक्षिण अफ्रिका दोस्रो र अष्ट्रेलिया तेस्रो स्थानमा रहने पक्का भएपछि सेमिफाइनलमा यी दुई टोलीको भेट हुने भएको हो । यी दुई देशबीच कात्तिक ३० गते कोलकाताको इर्डेन गार्डेन मैदानमा सेमिफाइनल खेल हुनेछ ।

यस्तै भारतले चौथो स्थानको टोलीसँग वानखडे स्टेडियम मुम्बईमा कात्तिक २९ गते सेमिफाइनल खेल्नेछ । चौथो स्थानमा रहँदै सेमिफाइनल खेल्ने प्रतिस्पर्धामा न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान छन् । समान ८ खेलमा समान ८/८ अङ्क रहेका यी टोलीमध्ये रनरेटका आधारमा न्युजिल्यान्ड चौथो, पाकिस्तान पाँचौँ र अफगानिस्तान छैटौं स्थानमा छन् ।

यी तीन टोलीमध्ये १० अङ्कमा पुग्ने र नेटरनरेटमा माथि रहने टोली शीर्ष चारमा रहँदै सेमिफाइनल खेल्नेछ । सेमिफाइनल विजेता दुई टोलीबीच फाइनल खेल मंसीर ३ गते अहमदाबादमा हुनेछ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

विश्वकप क्रिकेटमा आज इंग्ल्याण्ड र नेदरल्याण्डस् खेल्दै

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

विश्वकप क्रिकेटमा आज इंग्ल्याण्ड र नेदरल्याण्डस् खेल्दै

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

विश्वकप क्रिकेटमा आज इंग्ल्याण्ड र नेदरल्याण्डस् खेल्दै

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

विश्वकप क्रिकेटमा आज इंग्ल्याण्ड र नेदरल्याण्डस् खेल्दै

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

विश्वकप क्रिकेटमा आज इंग्ल्याण्ड र नेदरल्याण्डस् खेल्दै

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

विश्वकप क्रिकेटमा आज इंग्ल्याण्ड र नेदरल्याण्डस् खेल्दै

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

विश्वकप क्रिकेटमा आज इंग्ल्याण्ड र नेदरल्याण्डस् खेल्दै

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

विश्वकप क्रिकेटमा आज इंग्ल्याण्ड र नेदरल्याण्डस् खेल्दै

सडक आश्रित मानव उद्धारका लागि बागमतीको नयाँ कार्यविधि स्वीकृत

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan