Search
Close this search box.

क्रिकेट विश्वकप: आज अफगानिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुँदै

जारी आइसिसी क्रिकेट विश्वकपमा आज अफगानिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ। अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २:१५ बजेदेखि सुरु हुनेछ।

जारी विश्वकपमा दक्षिण अफ्रिका सेमिफाइनलमा पुगिसकेको छ। दक्षिण अफ्रिका ८ खेलमा ६ जितसहित १२ अंक हासिल गरेर अहिले दोस्रो स्थानमा छ।

सेमिफाइनलमा पुगिसकेको हुनाले दक्षिण अफ्रिका बिना दबाब यो खेल खेल्नेछ। यो खेलको नतिजाले दक्षिण अफ्रिकाको सेमिफाइनल समीकरणलाई कुनै असर गर्ने छैन र दक्षिण अफ्रिका सेमिफाइनलमा अस्ट्रेलियासँग खेल्ने यसअघि नै निश्चित भइसकेको छ।

त्यस्तै अफगानिस्तानले ८ खेलमा ४ खेल जितेर ८ अंक हासिल गर्दै अंक तालिकामा छैटौं स्थानमा छ र सेमिफाइनलको दौडमा कायम रहेको छ। यसका लागि अफगानिस्तानले दक्षिण अफ्रिकालाई ठुलो अन्तरले पराजित गर्नुपर्ने भएको छ।

दक्षिण अफ्रिका र अफगानिस्तानबीच अहिलेसम्म केवल एक एकदिवसीय खेल भएको छ। जुन २०१९ को विश्वकपमा भएको थियो र यो खेल दक्षिण अफ्रिका ९ विकेटले विजयी भएको थियो।

दक्षिण अफ्रिकाको सम्भावित प्लेइङ ११- टेम्बा बाभुमा (कप्तान), क्विन्टन डी कक (विकेटकीपर), हेनरिक क्लासेन, रस्सी भान डेर दुस्सेन, एडेन मार्कराम, डेभिड मिलर, लुंगी एनगिडी, कागिसो रबाडा, केशब महाराज, गेराल्ड कोएत्जी र मार्को जेन्सेन।

अफगानिस्तानको सम्भावित प्लेइङ ११-हस्मातुल्लाह शाहिदी (कप्तान), रहमानउल्लाह गुरबाज, इब्राहिम जद्रान, रहमत शाह, अज्मातुल्लाह ओमरजाई, इक्रम अलिखिल, राशिद खान, मोहमद नावी, मुजीब उर रहमान,  फजलहक फारुकी र नवीन उल हक।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

क्रिकेट विश्वकप: आज अफगानिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुँदै

हेटौँडा–४ मा शैक्षिक प्रदर्शनीदेखि खेलकुदसम्मका बृहत् कार्यक्रम हुँदै

क्रिकेट विश्वकप: आज अफगानिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुँदै

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

क्रिकेट विश्वकप: आज अफगानिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुँदै

बागमतीका मुख्यमन्त्रीद्वारा श्रम अधिकार र रोजगारीमा जोड

क्रिकेट विश्वकप: आज अफगानिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुँदै

स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान प्रथम

क्रिकेट विश्वकप: आज अफगानिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुँदै

पत्रकारिताले जेनजीको भावनालाई आत्मसाथ गर्नुपर्छ ; मगर

क्रिकेट विश्वकप: आज अफगानिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुँदै

ज्यालामा ठगिएको भन्दै श्रमिकले मागे गाउँपालिकासँग न्याय

क्रिकेट विश्वकप: आज अफगानिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुँदै

भीमफेदी गाउँपालिकाद्वारा ११६ श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

क्रिकेट विश्वकप: आज अफगानिस्तान र दक्षिण अफ्रिकाबीच खेल हुँदै

मकवानपुरमा अर्धमासिक तलब भुक्तानी सुरु, हेटौंडा खानेपानी बोर्ड अगाडि

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan