Search
Close this search box.

प्रथम वडा अध्यक्ष भिमान स्मृति कपको उपाधि खेलकुद विकास समितिलाई

हेटौंडा– मकवानपुरको मनहरी गाउँपालिका–२ मा भएको प्रथम वडा अध्यक्ष भिमान स्मृति कपको उपाधि खेलकुद बिकास समिति मनहरी २ ‘ए’ बिजय भएको छ । सोमबार भएको फाइनल खेलमा खेलकुद बिकास समिति मनहरी २ ले एफसि मनहरी ३ लामिटारलाई १–० ले गोलले पराजित गरेसँगै उपाधि जितेको हो ।

प्रतियोगितामा एफसी लामिटार मनहरी ३ उपविजेतामा चित्त बुझाएको छ । खेलकुद विकास समिति मनहरी–२ ले तिहारको अवसरमा गरेको प्रतियोगिता कात्तिक २० गतेबाट सुरु भएको थियो । प्रतियोगिताको विजेता समूहले ५० हजार ५५५ रुपैयाँ र उपविजेता समूहले २५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र गरेको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan