Search
Close this search box.

हिमालयन रिको आईपीओ भोलिदेखि

हिमालयन रिइन्स्योरेन्स कम्पनीको आईपीओमा मंसिर ४ देखि आवेदन दिन पाइने भएको छ। कात्तिक २१ गतेदेखि आवेदन खुला हुने भनिएको आईपीओ मंसिर ४ गतेसम्मका लागि धकेलिएको थियो।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन खुला हुने भनिएकामा कम्पनीले तिहार बिदा परेको कारण देखाइ आवेदन अवधि पछि सारेको थियो।

हिमालयन रिले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता आईपीओ निष्कासन गर्दै छ। जसमध्ये १० प्रतिशत अर्थात् ३० लाख कित्ता वैदेशिक रोजगारीमा जानेका लागि सुरक्षित गरिएको छ। पहिलो चरण अब मंसिर ४ गतेदेखि वैदेशिक रोजगारीमा जानेले आईपीओ भर्न पाउनेछन्।

हिमालयन रिको आईपीको प्रतिकित्ता १ सय अंकित मूल्यमा १ सय ६ रुपैयाँ प्रिमियम थप गरेर २ सय ६ रुपैयाँ दरमा निष्काशन हुँदैन। कम्पनीको आईपीओमा १० देखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सकिन्छ।

रेटिङ एजेन्सी इक्रा नेपालले हिमालयन रिको आईपीओलाई इक्राएनपी इस्यूअर रेटिङ ए प्रदान गरेको छ। यो रेटिङअनुसार कम्पनीको दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित रहेको जनाउँछ। हिमालयन रिको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल हो। 

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan