Search
Close this search box.

आयोजक भारतलाई स्तब्ध बनाउँदै अस्ट्रेलियाले जित्यो विश्वकप उपाधि

एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आयोजक भारतलाई स्तब्ध बनाउँदै अस्ट्रेलियाले छैटौं विश्वकप उपाधि चुमेको छ । आइतबार भारतको अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा एक लाख भन्दा बढी घरेलु दर्शक माझ अस्ट्रेलियाले टस जित्दै बलिङको निर्णय गरेको थियो ।

अस्ट्रेलियन कप्तान प्याट कमिन्सले गरेको बलिङको निर्णयलाई उत्कृष्ट सावित गर्दै टोलीले ब्याटिङ हेभी भारतीय टोलीलाई निर्धारित ५० ओभरमा २ सय ४० रनमै सीमित गर्यो । भारतका लागि कप्तान रोहित शर्माले ग्लेन म्याक्सवेलको बलमा आउट हुनुपूर्व आक्रामक ४७ रन बनाए पनि अन्य ब्याट्सम्यानले सोही किसिमको प्रदर्शन देखाउन सकेनन् । स्टार ब्याट्सम्यान विराट कोहलीले ५४ र केएल राहुलले ६६ रन बनाए पनि निकै कम स्ट्राइक रेटमा रन बनाउँदा टोली ठूलो स्कोर बनाउन चुकेको थियो । अस्ट्रेलियाका लागि कप्तान कमिन्सले उत्कृष्ट बलिङ गरे । उनले १० ओभरमा ३४ रन खर्चंदै २ विकेट लिए भने मिचेल स्टार्कले ३ विकेट हासिल गरे । जोस हेजलवुडले पनि २ विकेट लिँदा म्याक्सवेल र जाम्पाले एक-एक विकेट हात पारे । 

प्रतिउत्तरमा ४३ ओभरमै अस्ट्रेलियाले ४ विकेटको क्षतिमा दुई सय ४० रनको लक्ष्य पूरा गर्यो । अस्ट्रेलियाको शुरूवात भने राम्रो रहेन । भारतले अस्ट्रेलियन इनिङको दोस्रो ओभरमै विकेट चट्कायो । मोहम्मद शामीले अस्ट्रेलियन ओपनर मोहम्मद शामीलाई व्यक्तिगत सात रनमा कोहलीको हातबाट क्याचआउट गराए भने पाँचौ ओभरमा मिचेल मार्सलाई जसप्रित बुम्राहले आउट गरे । सातौँ ओभरमा स्टिभेन स्मिथलाई बुम्राहले एलबीडब्लू धरापमा पारेपछि खेल भारततर्फ ढल्किएको थियो । तर त्यसपछि आएका ट्राभिस हेडले शतकीय पारी खेलेपछि घरेलु समर्थक माझ विश्वकप उपाधि जित्ने भारतको सपना सपनामै सीमित बन्न पुग्यो । हेडले एक सय २० बलमा एक सय ३७ रनको शानदार पारी खेले भने उनलाई साथ दिँदै मार्नुस लाबुसेनले पनि अविजित ५८ रनको अर्धशतकीय पारी खेले ।

शतकीय योगदान दिने ट्राभिस हेड खेलमा प्लेयर अफ दि म्याच पनि बने । भारतका विराट कोहली प्लेयर अफ दि टुर्नामेन्ट बने । प्रतियोगितामा एक खेल पनि नहारी फाइनलमा पुगेको भारत अन्तिम खुड्किलो भने पार लगाउन नसक्दा उपविजेतामा सीमित भएको हो ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

आयोजक भारतलाई स्तब्ध बनाउँदै अस्ट्रेलियाले जित्यो विश्वकप उपाधि

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

आयोजक भारतलाई स्तब्ध बनाउँदै अस्ट्रेलियाले जित्यो विश्वकप उपाधि

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

आयोजक भारतलाई स्तब्ध बनाउँदै अस्ट्रेलियाले जित्यो विश्वकप उपाधि

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

आयोजक भारतलाई स्तब्ध बनाउँदै अस्ट्रेलियाले जित्यो विश्वकप उपाधि

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

आयोजक भारतलाई स्तब्ध बनाउँदै अस्ट्रेलियाले जित्यो विश्वकप उपाधि

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

आयोजक भारतलाई स्तब्ध बनाउँदै अस्ट्रेलियाले जित्यो विश्वकप उपाधि

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

आयोजक भारतलाई स्तब्ध बनाउँदै अस्ट्रेलियाले जित्यो विश्वकप उपाधि

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

आयोजक भारतलाई स्तब्ध बनाउँदै अस्ट्रेलियाले जित्यो विश्वकप उपाधि

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan