Search
Close this search box.

प्रिमियर लिग क्रिकेटकाे उपाधि कमाने राइडर्सलाई

हेटौंडा – हेटौँडा–८ कमाने क्रिकेट क्लबको आयोजनामा भएको दोस्रो संस्करणको टि–१० कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि कमाने राइडर्सले जितेको छ। आज आइतबार भएको फाइनल खेलमा कमाने हन्टर्सलाई ९ विकेट हराउँदै राइडर्सले उपाधि जितेको हो ।

टस जितेर ब्याटिङ सुरु गरेको हन्टर्सले १० ओभरमा ८ विकेट गुमाएर ४१ रन बनायो । ४२ रनको लक्ष्य पाएको राइडर्सले ४ ओभर ४ बलमा १ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो । राइडर्सका लागि सर्बाधिक रमेश लुइटेलले १७ बलमा ३२ रन बनाएका थिए । खेलको म्यान अफ द म्याच लुइटेल घोषित भए ।

प्रतियोगिताको उपाधि विजेता टिमले २५ हजार रुपैयाँ र उपविजेता टिमले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगिताको म्यान अफ द म्याच घोषित १५ जनाले एक एक हजार नगद प्राप्त गरेका थिए ।प्रतियोगिताको उत्कृष्ट खेलाडीहरुलाइ प्रोत्साहन स्वरुप नगदसहित सम्मान गरिएको थियो।

कमाने क्रिकेट क्लबका अध्यक्ष किशोर खत्रीको सभाध्यक्षतामा भएको समापन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ८ नम्बर वडा अध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा क्रिकेट एसोसिएसन मकवानपुरका अध्यक्ष करण महतराज छेत्री ,बागमती प्रदेश क्रिकेट संघका सदस्य संजोग पोख्रेल , ८ नम्बर वडाका टोल विकास समन्वय समितिका अध्यक्ष विष्णु संजेल,८ नम्बर वडाका खेलकुद विकास समितिका संयोजक उमेस थापा मगर लगायतको उपस्थिति रहेको थियो।

शुक्रबारबाट सुरु भएको टि –१० कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगिताको समापन आइतबार बेलुका सुगम पार्टी प्यालेसमा भएको थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan