मकवानपुरगढीमा एकादशी मेला

मकवानपुर – हरिबोधिनी एकादशीको अवसरमा मकवानपुरगढीमा लागेको एकादशी मेलामा आज बिहानै देखि भक्तजनहरु र मेला हेर्न आउनेको घुइचो लागेको छ । प्रत्येक वर्ष लाग्ने एकादशी मेलाको अवसर पारि मकवानपुरगढीमा घुम्न आउनेहरुको संख्या पनि उतिकै देखिएको छ ।

एकादशी मेलाको अवसर पारी व्यापार गर्न मकवानपुरगढी स्थानियवासी र हेटौंडा बजारका व्यापारीहरु पुगेका छन् । एकादशी मेलामा विभिन्न परिकारका खानेकुरा, सयपत्री मालाहरु, एकादशीमा विशेष रुपमा प्रयोग गरिने उखु फलफुल लगायत अन्य सामानहरु मेलामा राखिएको थियो ।
एकादशी मेलामा भजनखैजडीको साथै मादल बजाउदै लोकदोहोरी भाकामा रमाउदै नाचगान गर्नेको भिड पनि उतिकै देखिन्छ ।

मकवानपुरगढी – २ मतडाँडाकी बिरेन्द्र माया गोलेले फलफुल व्यापार गरेर राम्रो आम्दानी गरेको बताइन् । मकवानपुरगढी स्थानियवासी सुकुमाया मोक्तान निरास हुदैं भन्छिन्, तिहारमा बिक्रि नभएको सयपत्री फुल माला बनाएर बेच्दा प्रतिगोटा १० रुपैयाँमा पनि बिक्रि हुन सकेन् ।
मेलामा फलफुल, विभिन्न परिकारका मिठाइका साथै खाजाका पकिारहरुको व्यापार भने राम्रो भएको व्यापारीहरु बताउछन् ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...