साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक ४७.७५ अंकले बढेको छ । आज नेप्से परिसूचक ०.५६ प्रतिशतले बढेर १९०७.९५ बिन्दुमा बन्द भएको छ। आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।
अन्तिम कारोबार दिन १ अर्ब ३४ करोड ८३ लाख ४७ हजार ४३० रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर २ अर्ब १ करोड १७ लाख ६३ हजार ३५८ रूपैयाँ पुगेको छ । आज २९४ वटा धितोपत्रको ६५ लाख ३० हजार ६४३ कित्ता सेयर किनबेच भएको छ ।
आइतबार छ्याङ्दी हाइड्रोपावर र भगवती हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रति कित्ता मूल्य क्रमशः २२० रूपैयाँ ४३७ रूपैयाँ ८० पैसा पुगेको छ ।
केही प्रतिक्रिया छ कि ?


