मकवानपुर – मनहरी गाउँपालिकाले अन्तरपालिकास्तरीय फुटबलमा उपविजेता खेलाडिलाई १ लाख नगद प्रोत्साहन दिने घोषणा गरेको छ । बकैया गाउँपालिकामा सम्पन्न पहिलो सहिदस्मृति अन्तरपालिका फुटबल खेलको फाईनलमा उपविजेता बनेको मनहरी गाउँपालिका खेलकुद विकास समितिलाई १ लाख नगद प्रोत्साहन स्वरुप दिने घोषणा गरीएको हो ।
आइतबार गाउँपालिकाको सभाहलमा अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष रेखा पुलामी, प्रमुख प्रशासकीय अधिकृत रमेश सुेवेदी लगायतले खादा, प्रमाणपत्र सहित खेलाडिहरुलाई सम्मान गरेका थिए । सोहि सम्मान कार्यक्रममा अध्यक्ष कालाखेतीले आउँदो कार्यपालिका बैठकबाट प्रोत्साहन रकम अनुमोदन गरी प्रदान गरीने जानकारी दिएका छन् । शनिबार भएको फाईनल खेलमा बागमती गाउँपालिकाले टाई ब्रेकरमा १ गोलको अन्तरले मनहरीलाई पराजीत गरेको थियो ।
केही प्रतिक्रिया छ कि ?
