साताको दोस्रो दिन सुनचाँदीको मूल्य बढेको छ।
आइतबारको तुलनामा सुनको मूल्य सोमबार तोलमा ५ सय रुपैयाँले बढ्दा चाँदीमा १५ रुपैयाँ प्रतितोला बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार सोमबार छापावाल तोलाको १ लाख १७ हजार ४ सय रुपैयाँ कायम भएको छ।
तेजाबी सुन १ लाख १६ हजार ८५० रुपैयाँ प्रतितोलामा कारोबार हुँदा चाँदी तोलामा १५ रुपैयाँले बढेर १ लाख १ हजार ५ सय रुपैयाँ प्रतितोला कायम भएको महासंघले जनाएको छ।
केही प्रतिक्रिया छ कि ?


