Search
Close this search box.

केपी ओली कप क्रिकेट ; आर्मीलाई हराउँदै मधेस च्याम्पियन

पोखरा – पोखरामा भएको केपी ओली कप टी–२० क्रिकेटको उपाधि मधेश प्रदेशले जितेको छ। शुक्रबार पोखरा रंगशालाको खेल मैदानमा भएको फाइनल भिडन्तमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै मधेशले उपाधि हात पारेको हो।

मधेशले आर्मीलाई ११ रनले पराजित गरेको छ। १३६ रनको लक्ष्य पछ्याएको आर्मीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२४ रन मात्र बनाउन सफल भयो।

आर्मीलाई सोमपाल कामीले १६ र विवेक यादव अविजित २५ रनको योगादन दिएपनि जित सम्भव भएन। आर्मीका कप्तान विनोद भण्डारीले ३२, सन्तोष कार्कीले १६, रोहित पौडेलले ५, राजेश बुढामगरले ३, बसिर अहमदले २, भीम सार्कीले २२ रन बनाए।
बलिङतर्फ मधेसका कप्तान हरिशंकर शाहले सर्वाधिक ४ विकेट लिए। ४ ओभर बलिङ गरेका शाहले १९ रन खर्चेर ४ विकेट लिएका हुन्। प्रदीप पासवान २ र प्रतीक यादव १ विकेट लिए।

टस जितेर पहिला ब्याटिङ रोजेको मधेसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन बनाएको थियो। मधेसका विशाल पटेलले ४९ रनको योगदान दिए।

कप्तान हरिशंकर शाहले २७, अनिल शाह ६, इम्रान शेखले ८, पवन सराफले ९, हिमान्सु दत्तले १४, विशाल सुस्लिङले १०, प्रदीप पासवानले ४, मायन यादवले ३ रनको योगदान दिए।

बलिङतर्फ आर्मीका साहब आलम र विवेक यादवले सर्वाधिक ३र३, सोमपाल कामी र बसिर अहमदले १/१ विकेट लिए।
उपाधिसँग मधेसले ५ लाख रुपैयाँ हात पारेको छ। उपविजेता बनेको आर्मीले २ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो।
बिहीबार भएको सेमिफाइनलमा मधेशले सशस्त्र प्रहरी बलको एपीएफ क्लब र आर्मीले बाग्मती प्रदेशलाई हराउँदै फाइनल यात्रा तय गरेका थिए।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा मंसिर ७ गते सुरु प्रतियोगितामा सातै प्रदेशको टोलीसँगै विभागीय नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब र आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमिका २ टोली सहभागी थिए।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

केपी ओली कप क्रिकेट ; आर्मीलाई हराउँदै मधेस च्याम्पियन

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

केपी ओली कप क्रिकेट ; आर्मीलाई हराउँदै मधेस च्याम्पियन

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

केपी ओली कप क्रिकेट ; आर्मीलाई हराउँदै मधेस च्याम्पियन

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

केपी ओली कप क्रिकेट ; आर्मीलाई हराउँदै मधेस च्याम्पियन

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

केपी ओली कप क्रिकेट ; आर्मीलाई हराउँदै मधेस च्याम्पियन

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

केपी ओली कप क्रिकेट ; आर्मीलाई हराउँदै मधेस च्याम्पियन

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

केपी ओली कप क्रिकेट ; आर्मीलाई हराउँदै मधेस च्याम्पियन

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

केपी ओली कप क्रिकेट ; आर्मीलाई हराउँदै मधेस च्याम्पियन

सडक आश्रित मानव उद्धारका लागि बागमतीको नयाँ कार्यविधि स्वीकृत

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan