Search
Close this search box.

जनप्रियको ४७ औं वार्षिकोत्सव सम्पन्न

जनप्रिय माविको ४७ औं वार्षिकोत्सव आज विभिन्न कार्यक्रमका बीच सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समिति सदस्य कृष्ण प्रसाद पनेरुको प्रमूख आतिथ्यता तथा शिक्षक अभिभावक संघका अध्यक्ष गुणराज रानाको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा खेलकुद सम्वन्धी विविध कार्यक्रम भएको हो।  कार्यक्रममा प्रधानाध्यापक भुपेन्द्र चौलागाईको अध्यक्षता रहेको थियो ।

वार्षिकोत्सवको अवसर पारी विद्यालयले बिभिन्न कार्यक्रम आयोजना गरेको छ । जसमा नर्सरी,केजी १,२ र ३ कक्षाका लागि भ्यागुतो उफ्राई, बेलुन फूटाई, तातो आलू र बेलुन च्यापेर बोक्ने खेल  सञ्चालन भएको थियो । त्यसैगरी कक्षा ४ र ५ को लागि म्यूजिकल चेयर र म्याथ रेस खेल भएको थियो ।

यसैगरी कक्षा ६,७ र ८ आधारभूत तहमा जोडी बोकेर दौडाइ, १०० मिटर दौड र म्याथ रेस प्रतियोगिता भएको थियो । यसैगरी कक्षा ९ र १० का लागि लङ्ग जम्प, ट्रिपल जम्प तथा बास्केट बल प्रतियोगिता सञ्चालन भएको थियो ।

यसैगरी  कक्षा ११ र १२ साधारण तथा प्राविधिक धारतर्फ मैत्रीपूर्ण भलिबल प्रतियोगिता भएको थियो । कार्यक्रममा नेपाली माध्यम संयोजक नीर बहादुर खड्का, अंग्रेजी माध्यम संयोजक रविन श्रेष्ठ,अतिरिक्त क्रियाकलाप तथा सांस्कृतिक विभाग संयोजक युक्तलाल विश्वकर्मा एवम् बौद्धिक विभाग संयोजक सम्प्रस पौडेल लगायतको उपस्थिती रहेको थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan