Search
Close this search box.

ननिदाएका शिक्षकहरु जाजरकोट र पश्चिम रुकुममा

ननिदाएका शिक्षकहरुको समन्वयमा जाजरकोट र रुकुमपश्चिमका भुकम्प पिडित शिक्षक विद्यालय कर्मचारी  तथा बालविकास सहजकर्ताहरुलाई आज राहत वितरण गरिएको छ ।  जारकोटको नलगाड नगरपालिका स्थित दल्ले र रुकुम पश्चिमको आठविसकोट नगरपालिका राडिमा नगद सहयोग गरिएको हो ।

दुवै जिल्लाका भुकम्प पीडितहरुलाइ ५०/५० हजार रकम गरी एकलाख रुपैयाँ उपलब्ध गराइएको हो । ननिदाएका शिक्षकहरु समुहमार्फत उठेको एकलाख नगद सहयोग रकम प्रत्यक्षरुमा भुकम्पपीडित ब्यक्तिहरुलाई स्थानीय र नेपाल राष्ट्रिय शिक्षक संगठनका नेतृत्वहरुको सघन छलफल पछि भुकम्पबाट बढी प्रभावित व्यक्ति तथा भूगोल छनौट गरी वितरण गरिएको हो ।

NNTA रुकुम पश्चिमका अध्यक्ष गणेश बहादुर केसी र NNTA जाजरकोट अध्यक्ष सुरेश आरसि त्यसैगरी NNTA नलगाड नगर सचिव रामचन्द्र खानल र नलगाड ईञ्चार्ज नरेन्द्र घर्ती लगायतको सहजीकरणमा ननिदाएका शिक्षक समूहका सदस्य बिरेन्द्र महराको सक्रियतामा राहत वितरण कार्यक्रम सम्पन्न गरिको हो ।

ननिदाएका शिक्षकहरु कार्यक्रमका  सल्लाहकार लक्ष्मण शर्मा, संयोजक श्रीराम दाहाल, प्रस्तोता सुनिल गौतम, प्राविधिक संयोजक केशवराज घिमिरे, NNTA राष्ट्रिय सदस्य प्रकाश खनाल, लोकबहादुर थामसुङ्गहाङ्ग, रोमहर्षण पौडेल, सर्पराज रिमाल, पूर्ण पूरी, तीर्थराज ढकाल, सुरज साउद, पदमराज उपाध्याय लगायतको सक्रियतामा सहयोग संकलन गरिएको हो ।

सहयोगी दाता सबैलाई ननिदाएका शिक्षकहरु टिमको तर्फबाट हार्दिक आभार व्यक्त गरिएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan