Search
Close this search box.

शेयर बजार ७ अङ्कले घट्यो

काठमाण्डौ – शेयर बजार हप्ताको पहिलो दिन ७ अङ्कभन्दा धेरैले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ७ दशमलव २९ अङ्कले घटेर १ हजार ८ सय ५१ दशमलव २३ विन्दुमा झरेको छ ।

आज माइक्रोफाइनान्सबाहेक सबै समूहको शेयर घटेको छ । आज बीमा, होटल तथा पर्यटन, विकास बैंक र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज माउन्टेन इनर्जी नेपाल, युनाइटेड आईडीआई मर्दी र एनआरएन इन्फ्रस्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको शेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्र बजार घटेको दिन थ्री स्टार हाइड्रोपावरको शेयर साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज ३४ लाख १९ हजार कित्ता शेयर ९६ करोड ४० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ६ करोड ९५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

शेयर बजार ७ अङ्कले घट्यो

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

शेयर बजार ७ अङ्कले घट्यो

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

शेयर बजार ७ अङ्कले घट्यो

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

शेयर बजार ७ अङ्कले घट्यो

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

शेयर बजार ७ अङ्कले घट्यो

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

शेयर बजार ७ अङ्कले घट्यो

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

शेयर बजार ७ अङ्कले घट्यो

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

शेयर बजार ७ अङ्कले घट्यो

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan