खेलकुद महोत्सवले खेल क्षेत्रको विकासमा मद्दत पुग्छ : पूर्व अध्यक्षहरु

मकवानपुर – मकवानपुर जिल्ला खेलकुद विकास समितिले आयोजना गर्न लागेको खेलकुद महोत्सवले जिल्लाको खेल क्षेत्रको विकासमा टेवा पुग्ने पूर्व अध्यक्षहरुले बताएका छन् ।

खेल क्षेत्रको विकासका लागि कोष निर्माण गर्ने उदेश्यसहित हेटौंडाको टिसिएन चौरमा यहि पुस ५ गतेबाट खेलकुद तथा व्यापार महोत्सव हुँदैछ । महोत्सवमा खेलकुदसंग सम्बन्धित विभिन्न १३ वटा बिधामा प्रतिस्पर्धा समेत हुनेछ । आयोजकले महोत्सवको तयारीलाई तीव्र पारेको छ ।

खेल र खेलाडीको हकहितमा काम गर्ने उदेश्यले आयोजना गर्न लागिएको महोत्सव सफल पार्न सबैले सहयोग गर्नुपर्ने पूर्व अध्यक्षहरुले बताएका छन् । मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष भेष खड्गीले सामान्य चोटपटक लाग्दा उपचार गर्न नसक्ने अवस्था खेलाडीको रहेको जानकारी दिँदै उनीहरुको लागि काम गर्ने उदेश्यले महोत्सव गर्न लागिएको जानकारी दिए । ‘पैसाको अभावमा खेल्न जान सकिएन, उपचार गर्न सकिएन भन्दै खेलाडीहरु चिठी बोकेर आउने गरेका छन् । हामीले सिफारिस बनाइदिने र टुलुटुलु हेरेर बस्ने बाहेक केही गर्न सकेका छैनौं’,अध्यक्ष खड्गी भन्छन्, ‘महोत्सवबाट बचेको रकम खेलाडीको बिमा, उनीहरुको उपचार र खेलकुदकै लागि प्रयोग गरिनेछ ।’ खेलकुद विकास समितिका पूर्व अध्यक्ष प्रभात दाहालले महोत्सवको उदेश्य क्लियर भएकोले सबैले सहयोग गर्नु जरुरी रहेको बताए । ‘वर्तमान कार्यसमितिले राम्रो सोचाईका साथ महोत्सव आयोजना गर्न लागेको छ ।

यसमा हामी पूर्व अध्यक्षहरुको साथ, सहयोग रहनेछ’, दाहालले भने, ‘सबैबाट सहयोगको अपेक्षा गर्दछौं ।’ महोत्सवको प्रचारप्रसार, महोत्सव स्थलको सरसफाई, सामान ल्याउने लगायतका काम तीव्र भैरहेको छ । यस्तै खेलकुद विकास समितिका अर्का पूर्व अध्यक्ष बालकृष्ण चौलागाईंले यो खेलकुद महोत्सव भएकोले कसैले विरोध गर्नु आवश्यक नरहेको बताए । ‘खेलकुदसँग सम्बन्धित संस्थाले खेल महोत्सव आयोजना गर्न लागेको हो’, चौलागाईंले भने, ‘यसले पक्कै जिल्लाको खेल क्षेत्रको विकासमा मद्दत पुर्याउनेछ ।’ महोत्सवका लागि सबै पूर्व अध्यक्षहरु रहेको सल्लाहकार समिती निर्माण गरिएको छ ।

औद्योगिक शान्ति नेपाल संस्थासंगको सहकार्यमा हुन लागेको महोत्सवबाट करिब २५ लाख रुपैयाँको कोष निर्माण गर्ने मकवानपुर जिल्ला खेलकुद विकास समितिको लक्ष्य रहेको छ । महोत्सवमा दैनिक विभिन्न राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरीय खेलकुद प्रतियोगितासहित राष्ट्रिय कलाकारहरुको प्रस्तुति , बाल उद्दान, लाइभ दोहोरी सहित व्यवसायिक स्टल रहनेछ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...