Search
Close this search box.

जनप्रिय मावि हेटौंडाको ४७ औं वार्षिकोत्सवमा पुरस्कार वितरण

जनप्रिय मावि हेटौंडाको ४७ औं वार्षिकोत्सवमा आयोजित विविध खेलकुद कार्यक्रममा आज एक भब्य समारोहका बीच विजयी विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरिएको छ ।

बालविकासदेखि कक्षा १२ सम्मका विद्यार्थीलाई तहगत रुपमा लक्षित गरी आयोजना गरिएको विविध खेलकुद प्रतियोगितामा विजयी प्रतिस्पर्धी विद्यार्थीलाई पुरस्कृत गरिएको हो ।

शिक्षा विकास महाशाखाका शिक्षा अधिकृत रमेश बिडारी को प्रमूख आतिथ्यता तथा अक्कल बहादुर थिङको विशेष आतिथ्यता रहेको कार्यक्रमलाई विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईले अध्यक्षता गरेका हुन् । कार्यक्रममा सहायक प्रधानाध्यापक रामआशिष मण्डल, अतिरिक्त तथा सास्कृतिक विभाग संयोजक युक्तलाल विश्वकर्मा, नेपाली माध्यम संयोजक नीरबहादुर खड्का, अंग्रेजी माध्यम संयोजक रविन श्रेष्ठ, लगायत कक्षा शिक्षकहरुको उपस्थिति रहेको थियो ।

विशेष जिम्मेवारी तोकिएका शिक्षक तथा कक्षा शिक्षकहरुले सम्वन्धित कक्षाका विजयी विद्यार्थीलाई पुरस्कृत गरेका थिए । बौद्धिक तथा साहित्य विभागका संयोजक शिक्षक संप्रस पौडेलले तथ्याङ्कीय व्यवस्थापन गर्नुभएको कार्यक्रमलाई मिडिया संयोजक सुनिल गौतमले सञ्चालन गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan