Search
Close this search box.

शिक्षक संगठनकाे बागमती प्रदेश अधिवेशन भाेलिदेखि

हेटाैंडा- नेपाल राष्ट्रिय शिक्षक संगठनकाे बागमती प्रदेशकाे पहिलाे अधिवेशन भाेलि हेटाैंडामा सुरु हुँदैछ । राेयल पार्टी प्यालेसमा दुइदिनसम्म चल्ने अधिवेशनमा बागमती प्रदेशका १३ वटै जिल्लाका करिब ६ सय जना प्रतिनिधिकाे सहभागिता रहने बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएकाे छ ।

देशका सातवटै प्रदेशको पहिलो अधिवेशनको क्रममा हेटाैंडामा प्रदेश अधिवेशन गर्न लागिएकाे प्रदेश अध्यक्ष निर बहादुर कार्कीले बताए ।

भाेलि बिहान ११ बजे अधिवेशन उद्घाटन कार्यक्रम तय गरिएकाे छ । नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति अध्यक्ष बिष्णु भण्डारीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम हुनेछ ।
२३ गतेसम्म चल्ने अधिवेशनबाट ३५ जना बागमती प्रदेश समिति र ३ सदस्यीय केन्दीय प्रतिनिधि निर्वाचित गरिने बताइएकाे छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan