Search
Close this search box.

मकवानपुर जिल्ला लिग छनोट फुटबल प्रतियोगिताको तयारी पुरा

हेटौंडा – मकवानपुर जिल्ला लिग छनोट फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । आयोजक जिल्ला फुटबल संघ मकवानपुरले प्रतियोगिताको तयारी पुरा भएको शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

फुटबल संघले आगामी चैतमा हुने जिल्ला लिगका लागि दुई वटा टोली छनोट गर्न प्रतियोगिताको आयोजना गर्न लागेको हो । भोली शनिबार मंसीर २३ गतेबाट हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा प्रतियोगिता सञ्चालन हुनेछ ।प्रतियोगितामा जिल्लाका १२ वटा क्लवले प्रतिस्पर्धा गर्नेछन् ।

जिल्ला फुटबल संघ मकवानपुरका सदस्य रहेका आलोक स्याङ्तानको संयोजकत्वमा हुने प्रतियोगिताको उद्घाटन खेल कमलदेवी युवा क्लव र पञ्चशील युवा क्लवबीच दिउँसो १२ बजे सुरु हुनेछ । फाइनल खेल मंसिर ३० गतेको लागि तय गरीएको छ ।

छनोट प्रतियोगितामा पञ्चशील र कमलदेवी सहित ज्ञानज्योति युवा क्लव हेटौंडा, पदमपोखरी फुटबल एकेडेमी, बकैया यूथ क्लव, जनहित युवा क्लव, द रिभाइबल यूथ क्लव, कमाने फुटबल एकेडेमी, अग्रसर युवा क्लव, जनप्रवाह क्लव, सहयोगी युवा समाज र समाज कल्याण युवा क्लव सहभागी छन् ।

प्रतियोगिताको विजेता तथा उपविजेत क्लबले शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै विधागत उत्कृष्ट हुने र म्यान अफ द म्याच हुने खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan