Search
Close this search box.

शिक्षक संगठन वागमति प्रदेशको प्रथम ऐतिहासिक अधिवेशन हेटौंडामा सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक संगठन वागमति प्रदेश समितिको पहिलो ऐतिहासिक जिल्ला अधिवेशन संगठनको जननी जिल्ला मकवानपुरको हेटौंडामा सम्पन्न भयो । अधिवेशनले राजेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा ४२ सदस्यीय समिति र ३ जना केन्द्रीय प्रतिनिधिलाई सर्वसम्मत निर्वाचित गरेको हो ।

अधिवेशनले महिला उपाध्यक्षतर्फ सानुमैया खड्का, समावेशीतर्फ ईन्दिरा घिमिरे, खुलातर्फ विष्णुप्रसाद पौडेललाई सर्वसम्मत निर्वाचित गरेको छ । त्यसैगरी महासचिमा पूर्ण बहादुर पुरी, उपमहासचिवमा लक्ष्मी अधिकारी, सचिवमा रुद्र बहादुर खड्का कोषाध्यक्षमा लक्ष्मी चौलागाई र सहकोषाध्यक्षमा रामचन्द्र भट्टराईलाई निर्वाचित गरेको हो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका अध्यक्ष विष्णु भण्डारीको प्रमूख आतिथ्यतामा सम्पन्न अधिवेशनमा अधिवक्ता मदन दाहालको संयोजकत्वमा ३ सदस्सीय निर्वाचन समिति र महासचिव हंस बहादुर शाहीको अध्यक्षतामा ५ सदस्सीय अध्यक्ष मण्डल चयन भएको थियो । उद्घाटन सत्रको अध्यक्षता निवर्तमान कमिटीका अध्यक्ष नीरबहादुर कार्कीले गरेका थिए । निर्वाचित कमिटिका पदाधिकारी सहितका सदस्यहरुलाई प्रमूख अतिथि भण्डारीले २३ गते नै सपथ ग्रहण गराएका हुन् । नवनिर्वाचित कमिटिको पहिलो बैठक ललितपुर जिल्लामा पौषा १४ गते बस्ने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बाताए ।

वागमति प्रदेशको प्रथम ऐतिहासिक अधिवेशन मकवानपुर जिल्लाले भव्य र सभ्य ढङ्गले सर्वसम्मत सम्पन्न गर्न सकेकोमा प्रमूख अतिथि भण्डारीले आयोजक जिल्ला अध्यक्ष श्रीराम दाहाल सहित मकवानपुर जिल्ला समिति सहित प्रदेश अन्तर्गत रहेका १३ वटै जिल्ला अध्यक्ष र प्रतिनिधिहरुप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan