Search
Close this search box.

यू-१९ एसिया कप : टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले भारत विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। टस जितेको भारतले नेपाललाई ब्याटिङको निम्तो दिएको हो।

नेपाल र भारतबीचको खेल अहिले केही बेरमा संयुक्त अरब इमिरेट्सको दुबईस्थित आईसीसी एकेडेमी ओभल-२ मैदानमा सुरु हुँदैछ।

एसिया कपको सेमिफाइनलमा पुग्ने टिमहरुको छिनोफानो भइनसकेकोले आज हुने समूह चरणको अन्तिम खेल सबै टिमका लागि निकै महत्वपूर्ण छ।

यसअघिका दुई खेल नेपालले गुमाइसकेको नेपाल अंक तालिकाको पुछारमा छ। नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan