यू-१९ एसिया कप : टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले भारत विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। टस जितेको भारतले नेपाललाई ब्याटिङको निम्तो दिएको हो।

नेपाल र भारतबीचको खेल अहिले केही बेरमा संयुक्त अरब इमिरेट्सको दुबईस्थित आईसीसी एकेडेमी ओभल-२ मैदानमा सुरु हुँदैछ।

एसिया कपको सेमिफाइनलमा पुग्ने टिमहरुको छिनोफानो भइनसकेकोले आज हुने समूह चरणको अन्तिम खेल सबै टिमका लागि निकै महत्वपूर्ण छ।

यसअघिका दुई खेल नेपालले गुमाइसकेको नेपाल अंक तालिकाको पुछारमा छ। नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...