जनप्रिय माविकी शिक्षिका कमला मिश्रले आफ्ना स्वर्गिय पितामाता को संझनामा कक्षा १ देखि ५ सम्म जनप्रिय माविमा अध्ययनरत १५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेकी हुन् । पिता डिल्लीप्रसाद मिश्र र माता नन्द कुमारी मिश्रको संझनामा उनले न्यानो कपडा सहयोग गरेकी हुन् ।
विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाई तथा सहायक प्रधानाध्यापक रामआशिष मण्डल को उपस्थितिमा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयका अतिरिक्त क्रियाकलाप विभाग संयोजक युक्तलाल विश्वकर्मा, अंग्रेजी माध्यम संयोजक रविन श्रेष्ठ, संप्रस पौडेल लगायत शिक्षक कर्मचारीको उपस्थिति रहेको थियो । कार्यक्रम विद्यालयका मिडिया संयोजक सुनिल गौतमले सञ्चालन गरेका हुन् ।
केही प्रतिक्रिया छ कि ?

