हेटौंडा १६ वडा बाल सञ्जालको आयोजनामा सञ्चालित बालहिंसा अन्त्यका लागि बालबालिकाको भूमिका विषयक वक्तृत्वकला कार्यक्रममा रेडरोज सहित जनप्रिय माविका ३ विद्यार्थी पुरस्कृत भएका छन् ।
वक्तृत्वकला कार्यक्रममा रेडरोज सेकेण्डरी स्कुलका छात्र कृशल गौतम प्रथम, त्यसैंगरी क्रमश जननप्रिय मावि कक्षा ९ की छात्र बिबिशा खड्का द्वितीय, एरिना चौलागाई तृतीय र पूजना न्यौपाने सान्त्वना भएका हुन् कार्यक्रमलाई हेटौंडा उपमहानगरपालिका १६ ले आर्थिक सहयोग गरेको हो ।
हेटौंडा उपमहानगरपालिका १६ का वडा अध्यक्ष एवम् उपमहानगरपालिकाका सामाजिक विकास संयोजक रामकृष्ण कोईरालाको प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा बालमैत्री सम्पर्क व्यक्ति एवम् वडा सदस्य गुरुप्रसाद ढकाल र वडा सदस्य राजन दाहालको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रमलाई वडा बाल सञ्जाल हेडौंडा १६ का अध्यक्ष प्रख्यातमान लो ले अध्यक्षता गरेका थिए ।
कार्यक्रममा चेतनशील दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष महेश ढकाल, जनप्रिय मावि विद्यालय व्यवस्थापन समिति सदस्य कृष्ण प्रसाद पनेरु, नेका हेटौंडा १६ का सभापति सोमनाथ दंगाल, वडा बालमैत्री सहजकर्ता सुजता धिमाल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमलाई वडा बाल सञ्जाल १६ का सचिव उज्जवल कोईरालाले सञ्चालन गरेका हुन् ।

