Search
Close this search box.

नेप्से २७.७५ अंकले बढ्यो

यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.७५ अंकले बढेको छ। आइतबार १.३९ प्रतिशतले बढेसँगै नेप्से परिसूचक २०२२.३५ को बिन्दुमा कायम भएको हो।

आइतबार २९५ कम्पनीको एक करोड ७१ लाख ६६ हजार ४६५ कित्ता शेयर एक लाख एक हजार १२८ पटक खरिदबिक्री हुँदा पाँच अर्ब १५ करोड ७८ लाख ४६ हजार ९७९ रुपैयाँबराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

बैंकिङ समूहको उपसूचक ०.६७, म्युचुअल फन्ड ०.४२ र व्यापार समूह ०.२३ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै जलविद्युत् समूह ५.५५ र लगानी समूह ३.१२ प्रतिशतले बढेको छ।

११ वटा कम्पनीको शेयर मूल्यमा आइतबार सकारात्मक सर्किट लागेको छ। ह्याथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेड, थ्री स्टार हाइड्रोपावर लिमिटेड, रावा इनर्जी डेभलपमेन्ट लिमिटेड, बोटलर्स नेपाल (बालाजु) लिमिटेड, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड र सगरमाथा जलविद्युत् कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।

त्यस्तै, विन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेड, बलेफी हाइड्रोपावर लिमिटेड, शिवश्री हाइड्रोपावर लिमिटेड र रिदी पावर कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो। आइतबारको कारोबारमा सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ६.७७ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको २५ करोड १२ लाख ९० हजार ७४६ रुपैयाँ बराबरको १७ लाख ८० हजार ६३५ कित्ता शेयर किनबेच भएको छ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

नेप्से २७.७५ अंकले बढ्यो

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

नेप्से २७.७५ अंकले बढ्यो

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

नेप्से २७.७५ अंकले बढ्यो

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

नेप्से २७.७५ अंकले बढ्यो

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

नेप्से २७.७५ अंकले बढ्यो

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

नेप्से २७.७५ अंकले बढ्यो

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

नेप्से २७.७५ अंकले बढ्यो

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

नेप्से २७.७५ अंकले बढ्यो

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan