साताको पाँच कारोबार दिन निरन्तर बढेको सेयर बजार अन्तिम कारोबार दिन बिहीबार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक ३२.७७ अंकले घटेर २१०९१० विन्दुमा अडिएको छ।
यसअघि साताको पहिलो कारोबार दिन नेप्से आइतबार २८ , सोमबार ३८.१४, मंगलबार ४५.९८ र बुधबार ३५.३९ अंकले बढेको थियो। दोहोरो अंकले नेप्से घट्दा कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ।
आज ३०४ कम्पनीको १ करोड लाख ७२ हजार १४९ कित्ता सेयर ६ अर्ब २७ करोड ४३ लाख २४ हजार ८११ रुपैयाँमा खरिदबिक्री भए। बुधबार ७ अर्ब बढीको सेयर कारोबार भएको थियो।
यसदिन १० कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बुधबार १५ स्क्रिप्टको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो।
बोटलर्स नेपाल,आशा लघुवित्त वित्तीय,धवलागिरि लघुवित्त वित्तीय,बीपीडब्लु लघुवित्त वित्तीय र चिरख्वा हाइड्रोपावर कमाउने शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
कारोबार भएकामध्ये शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३० करोड मूल्य बराबरको सेयर कारोबार भयो। सोनापुर मिनरल्सको २५ करोड,हिमालयन डिस्टिलरीको २० करोड,हाथवेको १५ करोड र घोराही सिमेन्टको १५ करोड मूल्य बढीको सेयर कारोबार भयो।
यसदिन सूर्यज्योति लाइफ इन्स्योरेन्सका लगानीकर्ताले गुमाए। सो कम्पनीको सेयर ७.४४ प्रतिशतले घट्यो। उन्थान सहकारी लघुवित्त वित्तीय संस्थाको ७.२६,सनराइज फर्स्ट म्युचुअल फण्डको ६.९४ प्रतिशत ,ग्रामिण विकास लघुवित्त वित्तीयको ६.८१ र युनियन हाइड्रोपावरको ६.५२ प्रतिशतले मूल्य घटयो।
कारोबारमा आएका १९१ स्क्रिप्टको मूल्य घट्दा ५० को मात्रै बढ्यो। ३ स्क्रिप्टको मूल्य भने स्थिर रह्यो। दुई उपसमूहबाहेक ११ वटाको परिसूचक घटेको छ। मनु एन्ड प्रोको २.३६ र ट्रेडिङको ०.५६ प्रतिशतले बढ्यो।
यसदिन डेभलपमेन्ट बैंक उपसमूहको भने सर्वाधिक ३.२३ प्रतिशतले मूल्य घट्यो।


