जनप्रिय मावि हेटौंडा १६ का विद्यालय व्यवस्थापन समिति सदस्य कृष्णप्रसाद पनेरु र शिक्षक यशोदा भट्टराईले आ – आफ्नो जन्मोत्सवको अवशर पारी विद्यार्थीलाई सहयोग गरेका छन् ।
पनेरुले कक्षा १० सम्म अध्ययन गर्ने आर्थिक कम्जोर अवस्था भएका र जेहेनदार १५ जना बालबालिकालाई ५५ हजार ३ सय ७० छात्रवृत्ति सहयोग गरेका हुन् । उनिहरुलाई वर्षभरी अध्ययन गर्न लाग्ने सम्पूर्ण खर्च व्योहोर्नेगरी पनेरुले छात्रवृत्ति प्रदान गरेका हुन् । त्यसैगरी भट्टराईले कक्षा १ देखि ४ सम्म अध्ययन गर्ने बालबालिकालाई न्यानो कपडा स्वीटर वितरण गरेकी हुन् । पौष ९ गते आफ्नो जन्मदिन भएपनि त्यो समयमा विद्यालय बन्द रहने हुँदा आज नै न्यानो कपडा वितरण गरिएको बताएकी हुन् ।
कार्यक्रम हेटौंडा १६ का वडा सदस्य द्वय गुरु प्रसाद ढकाल र राजन दाहालको विशेष आतिथ्यतामा भएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाई, सहायक प्रधानाध्यापक रामआशिष मण्डल, अतिरिक्त क्रियाकलाप संयोजक युक्तलाल विश्वकर्मा, प्राविधिक धारका संयोजक मोतिउर रहमान, मावि संयोजक द्वय नीर बहादुर खड्का र रविन श्रेष्ठ, साहित्य बौद्धिक विभाग प्रमुख संप्रस पौडेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम मिडिया संयोजक सुनिल गौतमले सञ्चालन गरेका हुन् ।


