Search
Close this search box.

श्रमिक मावि हेटौंडामा नेपाल राष्ट्रिय मावि बर्दियाको टोलि

श्रमिक मावि हेटौंडा ४ मा नेपाल राष्ट्रिय मावि बर्दिया वाँसगढी नगरपालिका ५ को टोलीले शैक्षिक अध्ययन अवलोकन भ्रमण सम्पन्न गरेको छ । श्रमिक माविमा भएका सकारात्मक अभ्यासहरु साटासाट गर्न नेपाल राष्ट्रिय मावि बर्दियाको टोली हेटौंडा आईपुगेको हो ।

अवलोकन भ्रमणका क्रममा वाँसगढी नगरपालिका ५ वर्दियाका वडाअध्यक्ष दहवा थारु, विव्यस अध्यक्ष भीम बहादुर खत्री, प्रधानाध्यापक निराजन चापागाई लगायत ३५ जनाको टोलीले श्रमिक मावि हेटौडामा अनुभव साटासाट गरेका हुन् ।

श्रमिक माविका प्रधानाध्यापक श्रीराम दाहालले विद्यालयले सञ्चालन गरेका नवीनतम शैक्षिक अभ्यासहरुलाई प्रष्ट्याउनुभएको थियो । श्रमिक माविका तर्फबाट विव्यस अध्यक्ष विवेक कार्की, पिटिए अध्यक्ष राजेन्द्र बस्ताकोटी, सल्लाहकार ईश्वरी कोईराला लगायत शिक्षकहरुले भ्रमण टोलिलाई स्वागत गरेका थिए । पछिल्लो समय श्रमिक मावि हेटौंडामा अवलोकन भ्रमणका लागि आउनेहरुको बाक्लो उपस्थिति रहेको प्रधानाध्यापक दाहालले बताए । श्रमिक माविले अंग्रेजी तथा नेपाली माध्यम दुबैमा पठनपाठन गर्दै आएको छ । मन्टेश्वरी कक्षा सञ्चालन, अभिभावकले घरबाट नै आफ्ना बालबालिकाको प्रत्यक्ष नीगरानी राख्न पाउनेगरी सिसि टिभिको व्यवस्था, प्रत्येक शनिवार स्तर वृद्धि परीक्षा, अनुपस्थित विद्यार्थीका अभिभावकलाई प्रत्यक्ष टेलिफोन सम्पर्क, सूचना प्रविधिमैत्री कक्षाकोठाको व्यवस्था लगायत श्रमिक माविले थुप्रै सकारात्मक शैक्षिक अभ्यासहरु गर्दै आएको छ । विद्यालयले कारणवश खाली हुन गएका कक्षाकोठामा स्वयम्सेवक शिक्षक व्यवस्थापन गर्ने, विद्यालयको नियमित गतिविधि समेटिएको वार्षिक शैक्षिक क्यालेण्डर सम्वन्धित विद्यार्थी  र अभिभावकको हातहातमा पुर्याउने लगायतका कार्यहरु गर्दै आएको छ । भ्रमण टोलिलाई प्रधानाध्यापक श्रीराम दाहालले विद्यालयका समग्र गतिविधि समेटिएको डिजिटल दस्तावेजका स्लाईडहरु प्रस्तुती गर्नुभएको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan