Search
Close this search box.

हेटौंडा महोत्सवमा आज प्रमोद खरेलले मनोरञ्जन गराउने

हेटौंडा– हेटौंडामा जारी बृहत खेलकुद तथा व्यापार महोत्सवमा आज सोमबार नेपालका चर्चित गायक प्रमोद खरेललगायतका कलाकारहरुको प्रस्तुति रहने भएको छ । आज महोत्सवमा गायक प्रमोद खरेलले आफ्ना गीतहरु प्रस्तुत गर्नेछन् भने जादुगर बलराम सरकारले आफ्नो प्रस्तुति दिनेछन् भने गायक असिमकुमार कटुवाल र सहिमा श्रेष्ठले पनि आफ्ना गीतहरु प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन दिलाउने आयोजकले जनाएको छ ।

महोत्सवमा आइतबार चर्चित लोक गायक गायिका रमेश प्रसाईं र कल्पना दाहालको प्रस्तुतिमा मकवानपुरका दर्शकले मनोरञ्जन लिएका थिए । दोहारीसँगै चर्चित गायिका अस्मिता अधिकारीले समेत आफ्ना लोकप्रिय गीतहरु गाएकी थिइन् । उनको गीत लोली मिलाउँदै दर्शकले नाच्दै र गाउँदै गरेका थिए । यस्तै जादुगर बलराम सरकारको जादुले समेत सबैको ध्यान खिचेको थियो । महोत्सवमा दिनप्रतिदिन दर्शकको उपस्थिति बढ्दो क्रममा रहेको छ । महोत्सवमा खेलकुदका प्रतियोगिताहरु पनि सञ्चालन भइरहेको छ ।

१७ गतेसम्म सञ्चालन हुनेमा महोत्सवमा राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरीय गरी १३ वटा विधामा खेल हुनेछ । महोत्सव आयोजक समितिका संयोजक समेत रहेका मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्कीले खेलकुद क्षेत्रको विकासका लागि आयोजित महोत्सवमा उपस्थित हुनका लागि जिल्लाबासीहरुलाई अनुरोध गरेका छन् । महोत्सवमा करिब २६० वटा विभिन्न स्टल रहेको छ । महोत्सवमा कृषि, पर्यटन, हस्तकला, अटोमोबाइलका साथै बाल उद्यान रहेको छ । महोत्सवबाट खेलकुद विकास समितिलाई प्राप्त हुने रकमबाट वर्षभर खेलकुद प्रतियोगिता आयोजना गर्ने आयोजकले लक्ष्य राखेको छ । महोत्सवबाट मकवानपुर जिल्ला खेलकुद विकास समितिले करिब २५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan