Search
Close this search box.

लक्ष्मीनारायण बाल समुहले गर्यो हजिरीजबाफ प्रतियोगिता

मकवानपुरको हेटौंडा १६ मा रहेको लक्ष्मीनारायण बाल समुहले सोमवार खुला हाजिरीजबाफ प्रतियोगिता सम्पन्न गरेको छ  । प्रतियोगितामा जनप्रिय माविमा अध्ययनरत अनुभव कोइरालको समूह प्रथम तथा जनप्रिय मावि अध्ययनरत पुजना न्यौपानेको टोली द्वितीय भएका हुन् । 

 हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडाको आर्थिक सहयोगमा आयोजना गरिएको हजिरीजबाफ प्रतियोगितामा प्रथम भएको कोइरालाको टोलीमा निहारिका ढकाल र दिप्सन सापकोटा रहेका थिए । यसैगरी न्यौपानेको टोलीमा अस्मिता कोइराला र अङ्कित गौतम रहेका थिए । प्रतियोगितामा प्रमथ र द्वितीय हुने समूहलाई स्टेशनरी सामग्री पुरस्कार वितरण गरिएको थियो । तीन/तीन जनाको समूह रहने गरी संचालन गरिएको प्रतियोगितामा ६ वटा समूहले भाग लिएका थिए । 

लक्ष्मीनारायण टोल विकास संस्थाका अध्यक्ष शिव प्रसाद गौतमको प्रमुख आतिथ्यततामा स‌ञ्चालन भएको कार्यक्रममा लक्ष्मीनारायण बाल समुहका अध्यक्ष उज्ज्वल कोइरालाको सभाअध्यक्षता रहेको थियो । कार्यक्रममा  समाजसेवी तेजनाथ कोइराला विपिन,  नारायण प्रसाद गौतम,  शीव प्रसाद नेपाल लगायतको आतिथ्यता रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan