नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेश समितिले विद्यालय शिक्षा विधेयक २०८० त्रुटीपूर्ण रहेको भन्दै त्यसलाई संसोधनका लागि आवश्यक पहल गर्न नेकपा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा वलीलाई ज्ञापनपत्र बुझाएको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेश समितिको तर्फबाट महासचिव पूर्ण बहादुर पुरी, सदस्य भीम कुमारी पौडेल, सदस्य मिरा खरेल लगायतको टोलीले केपी शर्मा वलीलाई ज्ञापनपत्र बुझाएको हो । संसदीय समितिमा दफावार छलफलमा रहेको प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० त्रूटीपूर्ण रहेको र त्यसको संशोधनको निम्ति माननीय पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाइ एक कार्यक्रम बिच सुझावपत्र बुझाईएको हो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेश समितिले आम शिक्षक र शिक्षाकर्मीहरुलाई शिक्षा ऐन २०२८ भन्दा पनि पश्चगामी शिक्षा विधेयक अमान्य हुने भन्दै यस्तो ज्ञापनपत्र बुझएको हो । शिक्षक संगठन वागमती प्रदेश समितिले सबै दल र सरोकारवालासंग क्रमश: भेटघाट गर्ने कार्यक्रम रहेको बताएको छ । पक्षीकरणका नाममा शिक्षक आन्दोलनलाई ध्वस्त बनाउँनेहरुप्रति बागमती प्रदेश समिति चुप नलाग्ने अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए । प्रदेश समितिको प्रथम विस्तारित बैठक पौष १५ गते ललितपुरमा बस्ने प्रदेश सदस्य सुनिल गौतमले बताए ।


