Search
Close this search box.

स्ट्यानको आयोजनामा हाजिरीजवाफ, जनप्रिय प्रथम

हेटाैंडा- विज्ञान शिक्षक समाज मकवानपुरको आयोजना र मकवानपुर बाल विद्या सदनको सहकार्यमा शजिबार भएकाे जिल्लास्तरीय विज्ञान हाजिरी जवाफ प्रतियोगितामा हेटाैंडा-१६ मा रहेकाे जनप्रिय मावि प्रथम भएकाे छ ।

प्रतियाेगितामा तुलसीमेहर मावि द्धितीय र नवोदय शिशु सदन तृतीय भए । प्रतियाेगितामा प्रथम, द्धितीय र तृतीयलाई कमशः पाँच हजार , चार हजार , तीन हजार रुपैयाँ पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

हेटौंडा –१८ स्थित मकवानपुर बाल विद्या सदनको सभाहलमा भएको प्रतियाेगितामा जिल्लाका १८ ओटा विद्यालयहरूको सहभागिता रहेको थियो ।

स्ट्यान जिल्ला अध्यक्ष खेमराज लामिछानेको सभाध्यक्षतामा भएकाे कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड मकवानपुरका प्रमुख कृष्णप्रसाद  घिमिरेको प्रमुख आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा बाल विद्या सदनका निर्देशक सुदीप गिरी विशिष्ट अतिथिकाे रुपमा रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमिरेले विज्ञान र प्रविधिको विकास हुन सके मात्र देशको विकास हुने र यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा विज्ञान प्रतिको सकारात्मक धारणा अभिवृद्धि हुन सहयोग पुग्ने बताए ।  माध्यमिक तह विज्ञान विषयका असी प्रतिशत र सामान्यज्ञानका बीस प्रतिशत प्रश्नहरू समावेश गरी हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिएको स्ट्यान जिल्ला सचिव  सुवास खनालले बताए ।

कार्यक्रममा स्ट्यान प्रदेश सदस्य मनिल कर्ण , अग्रज विज्ञान शिक्षक राधेलाल मण्डल, जिल्ला सहकोषाध्यक्ष सुनमाया पाख्रिन, मकवानपुर गढी पालिका अध्यक्ष दीपेन्द्र यादव, मनहरि पालिका अध्यक्ष ओम प्रकाश सापकोटा , हेटौँडा नगर सचिव सुदर्शन पौडेल ,नगर सदस्य ईश्वर रिजाल  शिक्षकहरू अर्चना दहाल, रविन श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियाे  । स्ट्यान जिल्ला उपाध्यक्ष भरत पोख्रेलले सहभागीलाई स्वागत गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan