Search
Close this search box.

शेयर बजारमा ८.७५ अंकको गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से ८।७५ अंकले घटेर दुई हजार ६० दशमलब १५ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएकामध्ये ७७ कम्पनीको शेयरमूल्य बढेको छ भने १५९ कम्पनीकोे शेयरमूल्य घटेको छ । १० वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार ६ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, चिरख्वा हाइड्रोपावर कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेड, हाथवे इन्भेष्टमेन्ट लिमिटेड, मुक्तिनाथ कृषि कम्पनी र हिमालयन हाइड्रोपावर कम्पनी रहेका छन् ।

त्यस्तै, मोलुङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ८।०९ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार शिभम् सिमेन्ट लिमिटेडको भएको छ । आज यस कम्पनीको २० करोड १३ लाख बराबरको कारोबार भएको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

शेयर बजारमा ८.७५ अंकको गिरावट

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

शेयर बजारमा ८.७५ अंकको गिरावट

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

शेयर बजारमा ८.७५ अंकको गिरावट

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

शेयर बजारमा ८.७५ अंकको गिरावट

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

शेयर बजारमा ८.७५ अंकको गिरावट

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

शेयर बजारमा ८.७५ अंकको गिरावट

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

शेयर बजारमा ८.७५ अंकको गिरावट

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

शेयर बजारमा ८.७५ अंकको गिरावट

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan